• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लिटरेचर फेस्टिभलको प्रष्टीकरणमा स्वास्थ्यका कानुन नजरअन्दाज,  निषेध छन् प्रायोजन, ब्रान्ड विस्तार र सार्वजनिक व्यक्तित्वको सहभागिता

64x64
नेपाल लाइभ आइतबार, माघ २८, २०८०  २०:५६
1140x725

काठमाडौं- सूर्तिजन्य पदार्थको उत्पादक कम्पनी सूर्य नेपालको लोगोमुनि हुँदै गरको 'नेपाल लिटरेचर फेस्टिभल'ले स्वास्थ्यका कानुनहरुको नजरअन्दाज गर्दै स्पष्टिकरण दिएको छ। फेस्टिभलमा सूर्य नेपाल गाथा मुख्य सहयोगी र प्रस्तुतकर्ता (प्रायोजक) रहेको स्वीकार्दै कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग लिएको जनाएको छ।

जनस्वास्थ्यका लागि हानिकारक बस्तु उत्पादक कम्पनीको कानुन विपरित सहयोग लिँदै लोगो समेत प्रबर्द्धन गरिएपछि फेस्टिभल विवादित बनेको छ। सार्वजनिक निकायको नेतृत्व गरिसकेका र गरिरहेकाहरु समेत उपस्थित हुने कार्यक्रममा सूर्तिजन्य पदार्थको लोगो, चिह्नलगायत प्रयोगमा समेत कानुनले रोक लगाएको छ।

विवादपछि स्पष्टीकरण दिँदै फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले प्रेस वक्तव्य जारी गरेका छन्। जहाँ भनिएको छ,  'सूर्य नेपाल गाथा नेपाली कला, साहित्य, संस्कृति तथा पुरातात्त्विक धरोहरको संरक्षण-संवर्द्धनका लागि सूर्य नेपाल प्रालिको चार किसिमका सामाजिक उत्तरदायित्वअन्तर्गतको एक उपक्रम हो । यसै उद्देश्यअन्तर्गत हामीलाई सहयोग प्राप्त भएको हो।'

यस्ता सामाजिक उत्तरदायित्व निषेध, लोगो प्रदर्शनमा रोक
जबकी सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ मा संस्थागत सामाजिक उत्तरदायित्वका नाममा समेत काम गर्ने निषेध गरिएको छ।  नियमावलीको नियम २२ को उपनियम १ र २ मा भनिएको छ, ‘सरकारी वा गैह्रसरकारी वा नीजि क्षेत्रबाट संचालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्सँग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राबिधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउनेछैन ।  कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन।’

नेपाल लिटरेचर फेस्टिभलमा सूर्य नेपाल गाथाले सहयोग उपलब्ध गराए पनि यसमा सूर्य नेपाल प्रालिका कुनै पनि उत्पादनको विज्ञापन, प्रचार, प्रवर्द्धन र प्रचार सामग्री नहुने कार्यकारी निर्देशक भारीले बताएका छन्। कानुनमा कसैले पनि कम्पनीको लोगो, ब्रान्ड वा इमेज प्रदर्शन गर्न नपाउने लेखिएको छ। तर, सूर्य नेपालको लोगो जताततै प्रयोगमा ल्याइएको छ। 

1011-1707664144.jpg
 

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने २०६८ को दफा १० मा यससम्बन्धी व्यवस्था छ। जहाँ भनिएको छ,  ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।’ 

यसैगरी सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा ४० मा उत्पादकलगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसको लोगो, संकेत, चिन्ह, कुनैपनि तरिकाबाट सूर्तिजन्य पदार्थको प्रबर्द्धन गर्न वा कुनै कार्यक्रम प्रायोजन गर्न नपाउने उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

6-1707661729-1707664182.jpg
 

जहाँ भनिएको छ,  'उत्पादक लगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समाचारपत्र, पत्रिका, म्यागेजिन पुस्तिका, क्यालेन्डर, पोष्टर, पाम्पलेट, पर्चा, फ्लाएर, वालचार्ट, प्रतिवेदन, टेलिभिजन तथा रेडियो (स्थलरुप र भू- उपग्रह समेत), एफ. एम इन्टरनेट, इमेल, अनलाईन, डिभिडि, भिडियो, सिडि, कम्प्युटर, खेल, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, बिलबोर्ड, भित्तेलेखन, लोगों, संकेत, लेख, दृष्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि संचार माध्यम वा तरीकाबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रबर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।'

ब्रान्ड विस्तार  तथा ब्रान्ड हिस्सेदारीमा निषेध
नेपाल लिटरेचर फेस्टिभलमा सूर्य नेपाल गाथाले सहयोग उपलब्ध गराए पनि यसमा सूर्य नेपाल प्रालिका कुनै पनि उत्पादनको विज्ञापन, प्रचार, प्रवर्द्धन र प्रचार सामग्री नहुने फेस्टिभल  आयोजकले जनाएको छ। तर,  त्यसको लोगो र चिह्नलाई प्राथमिकता दिएर सामाजिक सञ्जालमा पोष्ट गरिरहेको छ।  त्यसैमाथि यस्ता जनस्वास्थ्यमा हानिकारक वस्तुको उत्पादक कम्पनीले ब्रान्ड विस्तार  तथा ब्रान्ड हिस्सेदारीमा समेत रोक लगाइएको छ।

8-1707660888-1707664110.jpg

 
यसैबीच सूर्य नेपाल गाथाले सहयोग गरेको बताएपनि उक्त नामक कम्पनी समेत नरहेको सूर्य नेपालकै वेबसाइटले देखाउँछ। सामाजिक उत्तरदायित्व अन्तर्गत चारवटा कार्यक्रम रहेको उक्त कम्पनीको बेवसाइटमा उल्लेख छ तर गाथा छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सूर्य नेपाल सुस्वास्थ्य अन्तर्गत भन्दै एक अस्पताललाई सहयोग गर्न खोजेपनि विरोधका कारण रोकिएको थियो। त्यसपछि सार्वजनिक रुपमा प्रचार हुनेगरी ठूला इभेन्ट सूर्य नेपाल सहभागी हुन सकेको छैन । केही इभेन्टमा कानुन विपरित प्रबर्द्धन गरेको देखिएको छ। जसको विरोध हुँदै आएको छ।

सार्वजनिक व्यक्तित्वको सहभागिता गैरकानुनी
आयोजकले फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई भेला गराई समसामयिक विषयवस्तुमा अन्तर्क्रिया र अन्तरसंवाद सम्पन्न गर्ने गरेको बताएको छ।  सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले साझेदारिता र सहभागिताका विषयमा पनि स्पष्ट पारेको छ। 

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सूर्ति उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सूर्ति उद्योगको सहयोगमा वा सूर्ति उद्योगको  आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।’

10-1707662048-1707664255.jpg
 

यसैगरी दफा २४ मा  सार्वजनिक निकायका पदाधिकारीहरुको आचरणका विषयमा प्रस्ट पारिएको छ । जहाँ सार्वजनिक निकायका पदाधिकारीहरुले सूर्ति उद्योगको कुनै पनि क्रियाकलापमा सहभागिता जनाउनु नहुने, सार्वजनिक निकायका पदाधिकारीले सूर्तिजन्य पदार्थ वा सो सेवन गरेको दृष्यलाई कुनै पनि संचार माध्यम वा तरिकाबाट प्रकाशन, प्रशारण र प्रदर्शन गर्नु गराउन नहुन र सार्वजनिक निकायका पदाधिकारीले सूर्ति उद्योगसंग सम्बन्धित व्यक्तिहरुसंग सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी विषयहरुमा अन्तरक्रिया वा बैठक वा संचार गर्दा पादरर्शी तवरबाट दुई भन्दा बढी व्यक्ति वा संचार माध्यमका प्रतिनिधिहरुको सहभागितामा मात्र गर्नु पर्ने उल्लेख छ। 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला?
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
सम्बन्धित सामग्री
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? छालाको स्वास्थ्यमा प्रभाव पार्ने यी सबै कारणलाई खानपानले मात्र रोक्न नसके पनि पोषक तत्त्वयुक्त आहारले छालालाई स्वस्थ राख्न मद्दत गर्... बिहीबार, कात्तिक १२, २०८३
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? तर, यो खोजले मानिसको आयु पनि औषधिका कारण लम्बिन्छ भन्ने प्रमाणित गरिसकेको छैन। मुसामा देखिएको प्रभाव मानिसमा पनि हुन्छ कि हुँदैन, औष... बिहीबार, कात्तिक १२, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने बिहीबार, कात्तिक १२, २०८३
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर बिहीबार, कात्तिक १२, २०८३
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्