प्रतिकात्मक तस्बिर काठमाडौं– काठमाडौं महानगरपालिका–९ बिजयचोकस्थित एक गेस्ट हाउसमा मृत भेटिएकी महिलाको हत्या भएको आशंका गरिएको छ।
विजयचोकको सिरहा–धनुषा गेस्ट हाउसमा हालसम्म नाम, थर नखुलेकी अन्दाजी ४० वर्षीया महिला शनिबार मृत भेटिएकी थिइन्। मृत भेटिएकी महिलाको हत्या भएको आशंका गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
ती महिलासँगै बसेका सिन्धुली घर र सन्दीप लामा नाम टिपाएका पुरूष भने फरार छन्। उनीहरु गत शुक्रबारदेखि उक्त गेस्टहाउसमा सँगै बसेका थिए।
होटलको कोठामा महिलाको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले हाल फरार पुरूषको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ।
यसैगरी टोखा नगरपालिका–६ धापासीस्थित टहरामा डेरा गरी बस्ने ओखलढुङगा लिखु गाउँपालिका–३ घर भएका २३ वर्षीय दिपेश खड्का सोही टहरामा गएराति मृत अवस्थामा फेला परेका छन्।
भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ शान्भी गर्ल्स होस्टेलमा बस्ने जाजरकोट नलगाड नगरपालिका–४ घर भएकी २८ वर्षीया कौसिला गौतम पनि आफ्नै कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।