काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय राजापुर, बर्दियामा कार्यरत वन रक्षक सीताराम थारुलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
काठ निकासी छुट पुर्जीको म्याद थप गरिदिने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा उनलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
यसैगरी, आयोगले बुधबार कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ४ का वडा सचिव अयोध्या विश्वकर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। सचिव विश्वकर्माले नागरिकताको प्रमाणपत्र बनाउन सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ७ हजार घुस लिएको आयोगले जनाएकोछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।