काठमाडौं- नेपाल प्रहरीले १,८५६ पदका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त आह्वान गरेको गरेको हो।
प्रहरीले सूचना जारी गर्दै खुला तथा समावेशी सहित १,८५६ पदका लागि आवेदन माग गरेको छ। खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा जनाइएको छ।
जवानतर्फ १,८५६ जना मागेको छ । यस्तै कार्यालय सहयोगीमा भान्सेदेखि खेलाडीसम्म ९४ माग गरिएको छ ।
प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार भान्से ५३, हजाम, ७, कुचिकार २० र खेलाडी १४ जना रहेका छन्। खेलाडी पदमा एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्रै दरखास्त दिने सकिने छ। चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ।
हेर्नुस् सूचना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।