काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ।
मालपोत कार्यालय, डिलीबजारले च्याम्पियन फूटवेयर प्रालि, हाल चाँदबाग रेसिडेन्सी प्रालि बाँसबारीको नाममा २१ दिनमा उपस्थित हुन अन्यथा कानुन बमोजिम नेपाल सरकारको नाममा श्रेस्ता अध्यावधिक हुने भनी पत्र काटेको छ।
टोखा नपा वडा नम्बर ६ का वडा अध्यक्षको रोहवरमा सन्चालक समितिको अध्यक्ष सन्जय ठाकुरलाई बिहीबार डिलीबजार कार्यालयले म्याद सहितको पत्र बुझाएको गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।