अछाम- अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ।
बुधबार साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा ६ वर्षीया निरुता बुढा र ३ वर्षीय अङ्कित बुढाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकका अनुसार दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको छ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।