कटारी (उदयपुर)- उदयपुरको उत्तरपश्चिमी पहाडी भेगको ताप्ली गाउँपालिका–१ ओख्ले डाँडागाउँमा डढेलो गाउँ पस्दा स्थानीयको घरगोठ जलेर खरानी भएको छ। बनमा बुधबार लागेको डढेलोले स्थानीय रमेश मगरको घरगोठ जलेर खरानी भएको हो।
ताप्ली–१ ओख्लेका वडाध्यक्ष उद्धव हमालका अनुसार गाउँ नजिकैको सल्लाघारी बनमा आगलागी भएको हो। उनले भने, ‘घरको अन्नपात, भाँडाकुँडा लगायत सामग्री जलेर नष्ट भएको छ।’ बन क्षेत्रमा लागेको डढेलो बेस्सरी हावा चल्दा गाउँमा पसेको उनले जानकारी दिए। डढेलोका कारण अन्य घर पनि जोखिममा रहेका वडाध्यक्ष हमालले बताए।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न प्रहरी चौकी रुपाटारबाट टोली घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभास राईले बताए।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।