काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहित तीन जना विरुद्ध पोखराको सूर्यदर्शन सहकारी पीडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्।
प्रतिनिधि सभाका सदस्य समेत रहेका लामिछाने, दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ वटा कम्पनी विरूद्ध ठगीको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सूर्यदर्शन बचत पीडित संघर्ष समितिका सदस्यहरू यसअघि पनि पटकपटक लामिछाने विरूद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेका थिए।
सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।