• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

छात्राबासले चेपाङ बालबालिकाको पढाइमा सुधार

64x64
नेपाल लाइभ शुक्रबार, माघ १९, २०८०  १२:५५
1140x725

भरतपुर- चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन्। यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्राबासमा बस्छन्। गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस छात्राबासका कारण चेपाङ बालबालिकाको पढाइमा सुधार भएको छ। 

शतप्रतिशत चेपाङ बालबालिकाले आवासीय सुविधा लिइरहेको यो छात्राबासमा कक्षा ७ सम्म अध्ययन गर्ने २३ बालबालिका छन्। छात्राबास सञ्चालनपछि बालबालिका विद्यालयमा नियमित भएको र पढाइमा पनि सुधार आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताए।

‘बाबु आमा नभएका टुहुरा र विपन्न बालबालिकालाई छात्राबासमा राखेर अध्ययन गराइरहेका छौँ,’ उनले भने, ‘नजिकै रहेको विद्यालयमा उनीहरुले राम्रोसँग पढ्न पाएका छन्।’ हाल अध्ययन गरिरहेको विद्यालयबाट आधारभूत तह पार गरिसकेपछि माध्यमिक तहमा पढ्न कहाँ जाने भन्ने अन्योल रहेको उनले बताए।

राष्ट्रिय आधारभूत विद्यालय वर्ल्याङले आगामी शैक्षिक सत्रमा कक्षा ८ खुलाउने तयारी गरिरहेको छ। ‘अहिलेसम्म गाउँपालिकाले संरक्षण गरिरहेको छ, व्यवस्थापनको पाटो हामीले नै हेरिरहेका छौँ,’ प्रजाले भने, ‘यी नानीबाबुलाई अबको एक वर्ष चिन्ता भएन, त्यसपछि कहाँ लैजाने भन्नेमा अन्योल छ।’

विद्यालयका प्राचार्य कमला भण्डारीले छात्राबासमा बसेर अध्ययन गरिरहेका विद्यार्थी पढाइमा पनि अब्बल बन्दै गइरहेका बताए। उनले यहाँ बसेका बालबालिकाले अनुशासित र सरसफाइमा समेत ध्यान दिने गरेको बताए। छात्राबासमा बसेर अध्ययन गरिरहेका बालबालिका पनि आवासीय सुविधासहित अध्ययन गर्न पाउँदा खुसी छन्। 

कक्षा ६ मा अध्ययनरत गीता चेपाङ छात्राबासमा बस्ने मौका पाएकै कारण आफूले पढ्न पाएको बताउँछिन्। ‘बाबा बित्नुभयो, आमाले दोस्रो विवाह गर्नुभयो, ठूलोबा, आमासँग बसिरहेको थिएँ, मलाई पढाउन सक्ने सम्भावना थिएन,’ उनले भनिन्, ‘कक्षा ८ सम्म यहीँ पढ्ने हो, त्यसपछि सर म्याडमले जहाँ पठाउनुहुन्छ त्यहीँ गएर पढ्ने हो।’ 

आमा र बुबा दुवैले दोस्रो विवाह गरेपछि अभिभावकविहीन जस्तै बनेकी सुनिता चेपाङ पनि मामाघरमा थिइन्। कक्षा ६ मा पढ्ने उनका भाइहरु पनि यही छात्राबासमा बसेर पढिरहेका छन्। जन्म दिने बाआमाबाट टाढा रहनु परे पनि उनले आधारभूत शिक्षाका लागि अभिभावक पाएकी छिन्। छात्राबासमै घरपरिवार जस्तो वातावरण भएको भन्दै उनले ढुक्क भएर पढ्न पाएको बताइन्।

इच्छाकामना गाउँपालिकाले भौगोलिक विकटतालाई हेरेर विगत चार वर्षदेखि यो छात्राबास सञ्चालनमा ल्याएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजाका अनुसार सुरूको वर्ष गाउँलेबाटै नुन, तेल, चामल र तरकारी सङ्कलन गरेर छात्रावासको सुरुवात गरिएको हो। अहिले गाउँपालिकाले वार्षिक रु पाँच लाख बजेट छुट्याइदिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘गाउँपालिकाले दिएको बजेटबाट खाना बनाउने आमालाई मासिक तलब र छात्रावासको भाडा तिर्ने काममा खर्च गर्न पाएको छ,’ उनले भने, ‘बाँकी खानपान र लत्ताकपडाका लागि दाताकै भर पर्नुपरेको छ।’ माध्यमिक तहको अध्ययन गराउनका लागि समस्या रहेको उनी बताउँछन्।

‘कक्षा ८ पढिसकेपछि कहाँ लगेर पढाउने भन्ने चिन्ता छ,’ उनी भन्छन्, ‘विद्यालयमा अध्ययनरत अन्य बालबालिका जाने काउले हो, तर छात्राबासका बालबालिकालाई कसरी पढाउने भन्ने नै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ।’ गाउँपालिकासँग पनि यस विषयमा छलफल चलाइएको उनले बताए।

वडा नम्‍बर २ का अध्यक्ष पञ्चबहादुर चेपाङकै प्रयासमा यहाँ छात्राबास सञ्चालनमा आएको हो। कक्षा ८ सम्मका बालबालिकाका लागि गाउँपालिकाले लगानी गरिदिएको उनले बताए। अभिभावक नभएका टुहुरा बालबालिकालाई आवासीय रुपमा अध्ययन गराउने उद्देश्यका साथ छात्राबास सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

‘यहाँ खाने-बस्ने व्यवस्थासँगै बालबालिकालाई अतिरिक्त कक्षाको पनि व्यवस्था गरेका छौँ,’ उनले भने, ‘सबै विपन्न परिवारका बालबालिकालाई छात्राबासमा राखेर पढाएका छौँ।’ उहाँले सुरुमा जनप्रतिनिधि, शिक्षक र अभिभावकले मुठी दान गरेर छात्रावास सञ्चालन गरेको भन्दै अहिले गाउँपालिकाले वडामार्फत नियमित बजेट विनियोजन गरेर सञ्चालन गरिरहेको बताए।

माध्यमिक तहभन्दामाथि एकै ठाउँमा विद्यालय नहुँदा अर्को विद्यालयमा छात्राबास चलाउन सक्ने सम्भावना पनि छैन,’ उनले भने, ‘त्यस कारण यस विषयमा स्थानीय अभिभावक, विद्यालय परिवार र जनप्रतिनिधि तथा सामाजिक संघसंस्थासँग पनि कुराकानी भइरहेको छ।’

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले छात्राबास सञ्चालनपछि चेपाङ बालबालिकाको पढाइमा सुधार आएको बताए। उनले गाउँपालिकाले छात्राबास भवन र अन्य भौतिक संरचना निर्माणका लागि सहयोग गर्ने बताए।

–रासस

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत
२७ अंकले बढेर शेयरबजार बन्द
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
२७ अंकले बढेर शेयरबजार बन्द शुक्रबार, वैशाख २५, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ शुक्रबार, वैशाख २५, २०८३
राष्ट्रिय सभामा एमालेको सचेतकमा रोशनी मेचे नियुक्त शुक्रबार, वैशाख २५, २०८३
२८ वैशाखको संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्