काठमाडौं- पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले पोखरामा बाँदर नियन्त्रणका नाममा 'मेरो रुख म काट्छु' अभियान सुरु गरेको छ। सोमबार वडाध्यक्ष पुष्पेन्द्र पाण्डेद्वारा जारी सूचनामा आ-आफ्नो घर क्षेत्रमा रहेको रुख काट्न भनिएको छ।
'आजको मितिले १० दिन भित्र 'मेरो रुख म काट्छु' भन्ने अभियान सञ्चालन गरी आ-आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनुका साथै आ-आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन लागि वडा कार्यालयका तर्फबाट सम्पूर्ण वडाबासीका लागि यो सूचना प्रकाशित गरिन्छ', वडाध्यक्ष पाण्डेको सूचनामा भनिएको छ।
पोखरा नगरपालिका साबिक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको हुँदा यस्तो अभियान सञ्चालनमा ल्याउन खोजिएको सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।