काठमाडौं– सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र एसपी टेकुनन्द इवा लिम्बूलाई आर्थिक कमजोरी देखिएको भन्दै फिर्ता बोलाएको मन्त्रालय स्रोतले बताएको छ।
गृह मन्त्रालयले प्रजिअ पाण्डे मन्त्रालयमा र एसपीलाई प्रधान कार्यालय तानेको हो। उनीहरूलाई तान्ने निर्णय शुक्रबार भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।