काठमाडौं (एजेन्सी)– राजनीतिक हस्तक्षेपका कारण फिफाले पाकिस्तानी फुटबल संघलाई निलम्बन लगाएको छ।
फिफाले बुधबारदेखि लागु हुने गरि पाकिस्तान फुटबल संघलाई निलम्बन लगाएको हो। फिफाले आफू र पाकिस्तान फुटबल संघबीच तेस्रो समूहको हस्तक्षेप स्विकार्य नभएको स्पष्ट पार्दै निलम्बन फुकुवा नभएसम्म संघका पदाधिकारी र क्लबहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भनेको छ।
फिफाले विकाश बजेटअन्तर्गत पाकिस्तानलाई पठाउँदै आएको विदेशी मुद्रा पनि रोक्का गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।