काठमाडौं– समाज डेन्टल हस्पिटलको ९ औं शाखा भक्तपुरको कौशलटारमा खुलेको छ। ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ९ औं शाखाले आजदेखि कौशलटारबाट आफ्नो सेवा सुरु गरेको हो।
समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २४ औं वार्षिक उत्सवको अवसरमा कौशलटारमा पनि सेवा दिने हेतुले शाखा विस्तार गरेको हो।
शनिबार एक विशेष कार्यक्रम गरी मध्यपुर थिमी नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण हरि आचार्यले सेवाको उद्घाटन गरे। अध्यक्ष आचार्य आफ्नो क्षेत्रमा उत्कृष्ट सेवा दिने प्रतिष्ठित डेन्टल हस्पिटल आउँदा खुशी व्यक्त गरे।
उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५० प्रतिशत छुट र बाँकी माघ महिना भरी १५ प्रतिशत छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिरेले दिए। प्रबन्धक घिमिरेले मुख स्वस्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामान्य शुल्कमा आधुनिक उपकरणहरु प्रयोग गरी एउटै छानामुनि विशेषज्ञ चिकित्सकद्वारा गुणस्तरीय उपचार प्रदान गर्न उदेश्यसहित शाखा विस्तार गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।