काठमाडौँ– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन९नेशनल प्याब्सन०को छैठौँ संस्करणको राष्ट्रिय अधिवेशन आउँदो कात्तिक १७ देखि १९ गतेसम्म चितवनको सौराहामा हुने भएको छ।
नेशनल प्याब्सनको विधानअनुसार प्रत्येक तीन वर्षमा हुने सो अधिवेशनमा देशभरका दुई हजार ५०० प्रतिनिधिको सहभागिता रहने छ । मुलुकभर सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालयमध्ये नेशनल प्याब्सन सबैभन्दा ठूलो संस्था हो । यसको स्थापना विसं २०५४ मा भएको थियो।
तीनदिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । साथै संघीयतामा विद्यालय शिक्षा तथा निजी शिक्षाको भूमिका, शुल्क निर्धारणका वैज्ञानिक आधार, मापदण्ड निर्धारणसम्बन्धी संस्थाको धारणा, छात्रवृत्ति, विद्यालय संरचना, विद्यालयको बैंक ऋण जस्ता विषयमा विज्ञका अलगअलग सत्र पनि सञ्चालन हुने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
अधिवेशनमा विनाशकारी भूकम्पले क्षति पु¥याएका निजी तथा आवासीय विद्यालयको पुनःनिर्माणमा पाउन सकिने सहुलियतपूर्ण बैंक ऋणका विषयमा समेत छलफल हुनेछ । भूकम्पले करिब ४०० निजी विद्यालयलाई क्षति पु¥याएको थियो।
संस्थाका अध्यक्ष कर्णबहादुर शाहीले अधिवेशन सम्पन्न गर्न विभिन्न २७ उपसमिति गठन गरिएको बताए। उनले निजी लगानीमा सञ्चालित विद्यालयको संरक्षण र प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरेका छन्।
संस्थाले संस्थापकको वंशानुक्रमअनुसार विद्यालयको स्वामित्व स्थानान्तरण हुँदै जाने अधिकार सुरक्षित गर्न, संविधानको भावनाअनुसार विद्यालय शिक्षा सञ्चालन गर्नसमेत सरकारसँग माग गरेको छ।
पत्रकार सम्मेलनमा संस्थाका सचिव सूर्यबहादुर अधिकारीले स्थानीय निकायले आफूखुशी निजी तथा आवासीय विद्यालयबाट कर लिन शुरु गरेकामा आपत्ति जनाए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।