• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

छन्त्याल समुदायमा अझै ‘जीवित’ छ ‘पुर्पुरो’ परम्परा

64x64
रासस शुक्रबार, माघ १२, २०८०  ०८:०५
1140x725

म्याग्दी– उमेरले ४ वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बस्छन्। लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अस्ट्रेलियामा छन्। 

पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गर्‍यो। लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो परिवारमा जन्मिएका जेठा छोराको पुत्र बढाउ अर्थात् पुर्पुरो भने उनीहरुले पुर्ख्यौली गाउँमा गरेका हुन्। 

छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुर्ख्यौली परम्परा र संस्कृति रहेको छ। यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुर्ख्यौली नाच देखाउने गरिन्छ भने पुर्पुरो गर्ने परिवार र बालकलाई टीका लगाएर आशिष दिने चलन रहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो पुर्ख्यौली गाउँठाउँमा आएर नै जेठो छोरा लिएनको पुर्पुरो गरेको उहाँका ठूलोबुबा कृष्ण छन्त्यालले बताए। ‘हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यही गाउँमा जन्मियौँ, हुर्कियौँ। आज जहाँ भए पनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पूरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ’, उनले भने। पुर्पुरोका अवसरमा पुर्ख्यौली समूहले नाचगान गर्ने र स्थानीय आमासमूह र युवाक्लबले स्वागत र सम्मान गर्ने चलन रहेको छ। 

पुर्पुरोका समयमा पुर्ख्यौली समूहमार्फत स्थानीय सामाजिक गतिविधिमा उपयोग गर्नेगरी घरपरिवारले आर्थिक सहयोग प्रदान गर्ने भएकाले गाउँकै सामाजिक सेवामा सहयोग पुगोस् भनेर आफूहरु गाउँ फर्किएर संस्कारजन्य कार्य गर्ने गरेको गरेको छन्त्याल परिवारको भनाइ छ। लिएनको पुर्पुरोमा घरपरिवारबाट र अन्य आफन्तबाट २ लाख ४ हजार ५०० रुपैयाँ सहयोग जुटेको धवलागिरि गाउँपालिका–५ का वडा सदस्य र स्थानीय महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त छन्त्यालले जानकारी दिए। 

उहाँले उक्त सहयोग रकमलाई विद्यालयको निजी स्रोतका शिक्षकको तलब सुविधामा खर्च हुने जानकारी दिए। विकट बस्ती भएकाले अवसर, रोजगार र सुविधाका लागि हरेक वर्ष गाउँ छाडेर अन्यत्र जानेक्रम बढेपछि संस्कारजन्य कार्यमा भने पुर्ख्यौली थलोमै फर्कने परम्परा बनेको छ। मलम्पारका अधिकांश घरबाट वैदेशिक रोजगारमा गएका छन् भने धेरैले गाउँदेखि सहरतर्फ बसाइँ  सार्न थालेका छन्।

दुर्गम गाउँका रुपमा चिनिएको मलम्पारबाट रोजगार, व्यापार व्यवसाय र अन्य कारणले गाउँ छाडेका आफ्नो परिवारको पुर्पुरो, छेवर, विवाहलगायत संस्कार र परम्पराजन्य कार्यका लागि भने गाउँ फर्कने गरेको वडा सदस्य छन्त्यालले बताए। यस गाउँबाट बेनी, पोखरा, काठमाडौँ, बुटवललगायतका सहरी क्षेत्रमा बसाइँसराइ गरेका संस्कारजन्य कार्यका लागि गाउँ फर्कने भएकाले गाउँको विद्यालय सञ्चालन र सामाजिक कार्यमा राहत हुने गरेको छ। 

यहाँका हरेक व्यक्तिले आफ्नो मनोकाङ्क्षाका लागि मालिकालगायत शक्तिपिठको भाकल गर्ने भएकाले पनि विश्वका जुनसुकै ठाउँमा पुगेका पनि गाउँ सम्झिएर फर्कने गरेको स्थानीय  विष्णुमाया घरब्जा बताउँछन्। पुर्पुरोको दिनमा पुर्ख्यौली समूहले गीत र नाचबाटै आशिष दिने भएकाले यस दिन देखाउने पुर्ख्यौलीलाई पुर्पुरो गर्ने भन्ने चलनसमेत रहेको छ। दिनभर सारेठी भाकामा नाच देखाउने पुर्ख्यौली समूहले घरपरिवारको सम्मान र दानपछि परिवारलाई एकै ठाउँमा राखेर गीतको भाका, नाचको रौनक र फूलपाती दिएर आशिष दिने चलन दिने गरिन्छ। 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्