• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुन तस्करका नाइके विमल पोद्दारको धन्दा हुण्डी र क्रिप्टोमा, अमेरिकादेखि नेपालसम्म सञ्जाल फैलाएर २ खर्ब ८४ अर्ब बढीको कारोबार

पोद्दारले मात्रै गरे क्रिप्टोमार्फत् २ अर्ब ३१ करोडको कारोबार, एकै परिवारका पाँच जना हुण्डी र क्रिप्टोमा
64x64
नेपाल लाइभ मंगलबार, माघ ९, २०८०  १५:०६
1140x725

काठमाडौं– सुन तस्करीका नाइके भारतीय नागरिक विमल पोद्दार अवैध हुण्डी र क्रिप्टोको धन्दामा संलग्न भएको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको हुण्डीको अनुसन्धानमा पोद्दारको संलग्नता खुलेको हो।

सुन तस्करीका नाइकेमध्येका एक चुणमणि उप्रेती ‘गोरे’ समूहमा आबद्ध भएर सुन तस्करी गरेका पोद्दार पछिल्लो समय हुण्डी र क्रिप्टोको धन्दामा लागेका हुन्। गोरे समूहमार्फत् ३८ क्वीन्टल सुन तस्करी भएको प्रकरणमा २०७५ सालमा पोद्दार समेत प्रतिवादी थिए। मोरङ अदालतले पोद्दारलाई पुर्पक्षमा पठाएको थियो। पछि उनी उच्च अदालतबाट १० लाख धरौटीमा रिहा भएका थिए।

पछि जिल्ला अदालत मोरङले उनलाई सफाइ दिएको थियो। जिल्ला अदालत मोरङको उक्त फैसलाविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत विराटनगर पुगेको थियो। अहिले उक्त मुद्दा उच्च अदालत विराटनगरमा विचाराधीन छ। पोद्दारलाई सम्पत्ति शुद्धीकरण विभागलेसमेत छानबिन गरे पनि उनले पुहँचको आधारमा उनीविरुद्ध मुद्दा दर्ता नभएको जानकारहरु बताउँछन्।

काठमाडौंको डिल्लीबजारमा रहेको द एड्रेस लाउन्जका सञ्चालकसमेत रहेका पोद्दार भने अहिले फरार छन्। काठमाडौंको बागबजारका रुपेश श्रेष्ठलाई पक्राउ गरेर सुरु गरेको अनुसन्धानले यो प्रकरणमा पोद्दारकोसमेत संलग्नता खुलेको थियो।

गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुन तस्करीमा पक्राउ परेका चन्द्र घले र मीनकुमार घलेकोसमेत पोद्दारसँग कनेक्सन देखिएको थियो।

सीआईबीको अनुसन्धानमासमेत घलेले पोद्दारसँग मिलेर सुन तस्करी गरेको भन्दै बयानसमेत दिएका थिए। घले समूहले नेपालमा पछिल्लो १० वर्षदेखि सुन तस्करी गर्दै आएको अनुसन्धानबाट खुलेको थियो।

घले समूहमै रहेर सुन तस्करी गरेका डीबी (दानबहादुर) गुरुङ र जोन (जीवनकुमार) गुरुङसँगसमेत पोद्दारको संलग्न्ता देखिएको थियो। जसकारण पोद्दार हुण्डी र क्रिपटोमार्फत् नभई अझै सुन तस्करीमासमेत संलग्न हुनसक्ने देखिएको सीआईबी स्रोत बताउँछ।

सुन तस्करीको पैसासमेत उनीहरूले हुन्डी र क्रिप्टोमार्फत् विदेशमा लेनदेन गरेको हुन सक्ने प्रहरीका अनुसन्धान अधिकारी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

पोद्दारले मात्रै गरे क्रिप्टोमार्फत् २ अर्ब ३१ करोडको कारोबार
सीआईबीको अनुसन्धानले फरार रहेहका विमल फोद्दारले मात्रै क्रिप्टोका दुई वटा फरक–फरक आईडीमार्फत् दुई अर्ब ३१ करोड २६ लाख ४२ हजारभन्दा बढीको कारोबार गरेको देखिएको छ।

सीआईबीले दिएको जानकारी अनुसार उनले एउटा आईडीबाट १० करोड ४ लाख ९६ हजार २७० अमेरिकी डलर (एक अर्ब ३९ करोड ६३ लाख ५९ हजार ७ सय ३३ रुपैयाँ) र अर्को आईडीबाट ६८ लाख ८७ हजार ५९२ अमेरिकी डलर ( ९१ करोड ६२ लाख ८३ हजार २ सय २५ रुपैयाँ)को कारोबार क्रिप्टोमार्फत् गरेको देखिएको हो। 

पोद्दारले पक्राउ परेका रुपेश श्रेष्ठसँग ह्वाट्सएपमा क्रिप्टोका दुईवटा वालेट एड्रेस पठाउन लगाएर कारोबार गरेका थिए। पोद्दारले अमेरिकादेखि नेपाल र भारतसम्म अन्तरेदेशीय सञ्जाल विस्तार गरी संगठित रुपमा क्रिप्टोमार्फत् हुण्डीको कारोबार गरेको सीआईबीले जनाएको छ।

एकै परिवारका पाँच जना हुण्डी र क्रिप्टोमा
हुण्डी र क्रिप्टोमा पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। जसमध्ये एकै परिवारका पाँच जनाको संलग्नता देखिएको सीआईबीले खुलाएको छ। रुपेश, उनकी श्रीमती रचना शर्मा, भाइ दिपेश श्रेष्ठ, भान्जा अंशुल श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।

Xtrem

Xtrem

अर्का भान्जा आयुष श्रेष्ठकोसमेत कारोबारमा संलग्नता पुष्टि भए पनि ठेगाना प्रस्ट हुन नसकेको भन्दै उनलाई प्रतिवादी बनाइएको छैन। ठेगाना खुलेका बखत प्रतिवादी बनाउने भन्दै अन्यलाई मुद्दा चलाइएको छ।

२ खर्ब ८४ अर्ब ४ करोडको मुद्दा न्यायाधीश खनालको इजलासमा
क्रिप्टो करेन्सीमार्फत् २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको हुण्डीका कारोबार भएको भन्दै दायर भएको राष्ट्र बैंक अन्तर्गत कसुरको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा परेको छ।

थुनछेक बहस भएपछि पक्राउ परेकाहरुलाई पुर्पक्षमा थुनामा राख्ने वा धरौटी तथा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश आउने छ। यो प्रकरणमा काठमाडौं बागबजारका ४८ वर्षीय रुपेश श्रेष्ठ, काठमाडौं थापाथलीका ३५ वर्षीय आशिष अग्रवाल, बाग्लुङ नगरपालिका–७ घर भइ सामखुसी बस्ने ४८ वर्षीय मीनबहादुर जिसी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय झानिन्द्रप्रसाद खतिवडालाई पक्राउ गरेर मुद्दा चलाइएको छ।

बागबजार घर भइ अमेरिका बस्ने रुपेशका भाइ ४४ वर्षीय दीपेश श्रेष्ठ, अमेरिका नै बस्ने रुपेशका भान्जा ४३ वर्षीय अंशुल श्रैष्ठ, रुपेशकै श्रीमती ४५ वर्षीय रचना शर्मा, नुवाकोटको विदुर नगरपालिका–४ का २७ वर्षीय सरद भट्टराई, धादिङको गल्छी गाउँपालिका–२ घर भएका २५ वर्षीय वीरेन्द्र मगर, भारतीय नागरिक विमल पोद्दार, दाङको बबई–६ का २४ वर्षीय बिगल सिंह शर्मा, सिन्धुलीको कमलामाई–६ का ४६ वर्षीय ओमकुमार श्रेष्ठ, स्याङ्जाको पुतलीबजार–४ का दीपश शर्मा, रामेछापको उमाकुण्ड–१ का फुन्सोक लामा, नवलपरासीको देवचुलीका ६९ वर्षीय गोविन्दप्रसाद श्रेष्ठ र रामेछापको मन्थली–१० का ५३ वर्षीय रुदे तामाङलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।

सीआईबीले गत मंसिर १७ गते सुरुमा बागबजारबाट रुपेश श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यतिबेला उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रूपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सिपियु ६ थान, टेलर मेसिन १ थान, सीसीटीभी एनभीआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद गरेको थियो।

उनै रुपेशबाट सुरु भएको अनुसन्धानले २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढी हुण्डीको कारोबार देखिएको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।

श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतीय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको सिआइबीले जनाएको छ।

प्रतिवादीहरुलाई कारोबार गरेको देखिएको रकम २ खर्ब ८४ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ बराबरीको बिगो भराउन माग दाबी गरिएको छ। सोही अनुसार सजायसमेतको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल
सम्बन्धित सामग्री
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ उनीहरुले आफूहरु सादा पोसाकका प्रहरी भएको र मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिकमा गएर डर, त्रास र धाकधम्की देखाएर रकम असुलेको बुझिएको... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल बुधबार, असोज ७, २०८३
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्