ब्युनोज आयर्स (एजेन्सी)– अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसी दक्षिण अमेरिकी विश्वकप छनोटमा २० गोल पुरा गर्ने पहिलो खेलाडी बन्न पुगेका छन्।
मेसीले बुधबार बिहान सम्पन्न छनोटको अन्तिम खेलमा इक्वेडर विरुद्ध हयाट्रिक गोल गरेपछि अर्जेन्टिना ३–१ ले विजयी भएको थियो।
यस खेलमा मेसीले २ गोल हानेपछि विश्व कप छनोटमा २० गोल पुरा गर्ने कीर्तिमान बनाए। इक्वेडरका रोमारियो इबाराले ४० सेकेन्डमा गोल गर्दै अर्जेन्टिनालाई धक्का दिन खोजेका थिए। तर, मेसीले हयाट्रिक गर्दै अर्जेन्टिनालाई जित दिलाए। तेस्रो गोल पुरा गरेपछि मेसीले विश्वकप छनोटमा २१ गोल पुर्याएका छन्।
मेसीले २१ गोल पुरा गरेको केही समयपछि बार्सिलोनाका उनका अर्का सहयात्री लुइस सुआरेजले कीर्तिमान बराबरी गरे। बोलिभिया विरुद्ध उरुग्वे ४–२ ले विजयी खेलमा सुआरेजले २ गोल गरेका थिए। यसअघि सुआरेजको नाममा १९ गोलको कीर्तिमान थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।