• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मैलुङ-स्याफ्रुबेसीको ठेक्का तोडिएसँगै अन्तर्राष्ट्रिय राजमार्ग निर्माण अन्योल

64x64
रासस सोमबार, माघ ८, २०८०  १९:४०
1140x725

त्रिशूली– नेपाललाई चीनसँग छोटो दुरीमा जोड्न निर्माण भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त ‘गल्छी-रसुवागढी’ सडक योजनाको काम अन्योल भएको छ।

उक्त योजनाअन्तर्गत मैलुङबाट स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले समयमा काम नगरेपछि सडक निर्माणको ठेक्का रद्द भएसँगै सडक विस्तार थप अन्योल भएको हो।

निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीले जिम्मा लिएको काम समयमा नगरेपछि उक्त कम्पनीसँग गत शुक्रबार ठेक्का तोडेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार सम्झौता अवधिभित्र निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न पटक–पटक लिखित एवम् मौखिक अनुरोध गर्दा पनि सम्झौताको शर्त बमोजिम आफ्नो दायित्वको जिम्मेवारी पूरा नगरेकाले ठेक्का तोड्न कार्यालय बाध्य भएको हो।

‘निर्माण कम्पनीसँगको ठेक्का सम्झौता बखतमा गरिएका शर्त र सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (७) समेतको आधारमा ‘गल्छी–रसुवागढी’ सडक योजनाअन्तर्गत ‘मैलुङ–स्याफ्रुबेसी’ खण्डको ठेक्का रद्द भएको छ’, योजना प्रमुख श्रेष्ठले भने, ‘निर्माण कम्पनी धरौटी जफतका लागि बैंकलाई पत्राचार गरेका छौं। सडक विस्तारको काम अब नयाँ प्रक्रिया (पुनः ठेक्का)बाट काम अघि बढाउने छौं।’

मैलुङबाट स्याफ्रुबेसीसम्मको सडक निर्माणका लागि नेपाली सेनाले ट्रयाक खोलेपछि योजनाको कार्यालयले निर्माण व्यवसायीमार्फत् काम गराउन विसं २०७७ साउन १ गते ठेक्का लगाएको थियो।

सम्झौताअनुसार विसं २०७९ माघ १६ मा निर्माण सम्पन्न गर्नुपर्नेमा उक्त सडकको काम २६ प्रतिशत मात्रै पूरा भएको योजना प्रमुख श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार करिब १९ किमि दुई लेनको सडकमा कालोपत्रे गर्न एक अर्ब ४५ करोडमा ठेक्का लगाइएको थियो। तर निर्माण कम्पनीले सडकको दायाँबायाँ टेवा पर्खाल लगाएर ३७ करोड भुक्तानी लिएर काम नगरेपछि ठेक्का तोड्ने निर्णयमा पुगिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

निर्माण कम्पनीले कार्यक्षेत्रमा काम अन्योल बनाएसँगै योजनाको कार्यालयले यसअघि २०७८ साल माघ २४ र २०७९ जेठ १७ मा नै अन्त्यन्त जरुरीको सूचनामार्फत् ‘ठेक्का सम्झौता किन अन्त्य नगर्ने’ भनेर सचेत गराएको थियो। नेपाललाई चीन र भारतसँग जोड्ने सबैभन्दा छोटो दुरीको त्रिदेशीय राजमार्गको रुपमा निर्माण भइरहेको धादिङको गल्छीदेखि रसुवाको रसुवागढीसम्मको सडक दूरी ८३ किमि छ।

उक्त सडकलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा विसं २०७३ पुसमा ठेक्का लगाएर २० महिनाभित्रै पूरा गर्ने लक्ष्य लिएको थियो। समग्र कामको प्रतिशत हालसम्म ५५ प्रतिशत मात्रै पूरा भएको छ।

तीन खण्डमा निर्माण भइरहेको यस सडकको पहिलो खण्ड धादिङको गल्छीबाट नुवाकोट हुँदै रसुवाको मैलुङसम्म ४६ किमि सडकअन्तर्गत नुवाकोटको मुख्य बजार क्षेत्र गङ्गटे, बट्टार, विदुर हुँदै ढुङ्गेसम्मको आठ किमि क्षेत्रमा मुआब्जा विवादको समस्याले काम सुरु हुन अझै बाँकी छ।

दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेसीसम्म १९ किमि सडकको ठेक्का हालै तोडिएको छ भने तेस्रो खण्ड स्याफ्रुबेसी–रसुवागढीसम्म १७ किमि सडक चीन सरकारले निर्माणको जिम्मेवारी लिए पनि अझै काम सुरु गर्न बाँकी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चीनसँगको अन्तर्राष्ट्रिय राजमार्गलाई भारतसँग जोड्न सबैभन्दा छोटो दूरीको त्रिदेशीय राजमार्गको रुपमा कार्यान्वयनमा ल्याइएको सडकको तीनखण्डअन्तर्गत दुई खण्डको काम अनिश्चित भएसँगै समग्र योजनाको काम अन्योल बनेको हो।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्