काठमाडौं- एउटै विषयमा संघीय संसद्का फरकफरक समितिले गर्ने छलफलका सन्दर्भमा सभामुख देवराज घिमिरेले समितिका सभापतिहरूलाई सुझाव दिएका छन्।
आइतबार सिंहदरबारमा भएको सभामुख र समितिका सभापतिहरूबीचको छलफलमा उनले समझदारीपूर्ण ढंगले विषयलाई लैजान सुझाव दिएका हुन्।
‘फरकफरक समितिले एउटै क्षेत्र हो भनेर भइरहेका विषयहरूलाई पनि अब बसेर समझदारीपूर्ण ढंगले लैजानुहोस्। आफ्ना आफ्ना पाटाहरूलाई हेर्नुहोस्’, सभापतिहरूलाई दिएको सल्लाहबारे सभामुखले भने।
उनले त्यसो हुन नसके 'यसले चाहिँ हेर्ने है भनेर, गरेका प्रगतिमा आधारित भएर पनि एउटाले हेर्ने गरी पनि मिलाउने कामहरू गर्नुस्' भनेको बताए।
‘समय, आर्थिक खर्च र अब सोचहरू पनि फरकफरक खालका नआओस् भन्ने कुराहरू राखियो’, उनले भने।
यसअघि फरकफरक समितिले एउटै विषयमा छलफल गर्ने र निर्णय गर्ने तथा निर्देशनहरू दिने गरेका छन्। जसले कार्यक्षेत्रका सम्बन्धमा समितिहरूबीच विवाद पनि निम्त्याउने गरेको छ।
यो पनि पढ्नुहोस्-
एउटै विषयमा फरकफरक समितिमा छलफल र निर्णय कति व्यावहारिक?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।