खलङ्गा- दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।
बस दार्चुलाको महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै शुक्रबार बिहान दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार घाइतेमध्ये एक जना गम्भीर, दुई जना मध्यम र अन्यको सामान्य अवस्था छ।
घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।