• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’

64x64
रासस बुधबार, माघ ३, २०८०  १५:२६
1140x725

धुलिखेल– एकनासले झरिरहेको झरना, तल बाँध बाँधेर बनाइएको पोखरीमा चिसो र कञ्चन पानीसँग खेल्ने ठाउँ छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलास्थित पञ्चकन्या झरना यतिले यहाँ आउने सबैको आकर्षक गन्तव्य बनेको छ। पोखरीको पानीमा खेल्न पाइने मनोरमस्थल भएकाले यहाँ घुम्न आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेसँगै बस्न चाहनेलाई आवास सुविधाका लागि रिसोर्ट बनेको छ।

झरना जानका लागि सडकको स्तरोन्नति गरेसँगै स्थानीय विजय केसीले झरना नजिकै ‘पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट’ सञ्चालनमा ल्याएका छन्। पञ्चकन्या कृषि फार्मद्वारा सञ्चालित उक्त हाउसमा बैठक बस्नेदेखि आवास र ट्राउट माछासँगै विभिन्न स्थानीय कृषि उत्पादनका परिकारका स्वाद लिन पाइने सञ्चालकले बताए। 

‘यहाँ आउने पर्यटकलाई सुविधा प्रदान गर्नका लागि करिब एक करोड लागतमा रिसोर्ट सञ्चालनमा ल्याएको हुँ’, केसीले भने, ‘अब झरनामा क्यानोनिङ, पोखरीमा बोटिङ, रक क्ल्याइम्बीङ, बञ्जीजम्प लगायतका साहसिक खेलसमेत सञ्चालन गर्न सकेको खण्डमा यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ।’ चिसो पानीमा पर्यटक रम्नुका साथै ट्राउट माछाको लागि उपयुक्त ठाउँ भएकाले कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ। उनका अनुसार यहाँ ३० जना सम्मको आवास व्यवस्थापन गर्न सकिने व्यवस्थित रिसोर्ट बनेको छ।

झरनामा क्यानोनिङको लागि विज्ञ टोलीलाई ल्याएर अध्ययनसमेत गरिसकेको केसीले बताए। रिसोर्टमा अरु दुई जनालाई राखेर सञ्चालन गरेसँगै अरु चार जनालाई रोजगारीसमेत दिइएको छ। यसअघि सो टाउँमा जानका लागि झाडी भएको, वियर तथा फोहर यत्रतत्र छरेको अवस्थामा रहेकामा अहिले रिसोर्ट सञ्चालनमा आएपछि हप्ताको एक पटक नियमित रुपमा सरसफाइ गर्दै आएको उनले बताए। 

विशेष गरेर गर्मीयाममा घुइँचो लाग्ने गरेको यस ठाउँमा आजभोलि शनिबार र बिदाका दिन पर्यटक पुग्ने गरेका छन्। महाभारत लेकबाट बगेर आउने चिसो पानीको झरनामा रमाइलो गर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ घुम्न पुग्ने गरेका केसीले बताए। हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानीसँगै मनोरञ्जन लिनका लागि ‘पञ्चकन्या झरना’ पछिल्लो समय धेरैको रोजाइमा पर्न थालेको उनको भनाइ थियो। 

Ncell 2
Ncell 2

झरना क्षेत्रमा पुगेपछि आनन्द मिल्ने भएकाले सबैको रोजाइ बन्दै गएपछि पछिल्लो समय त्यहाँसम्म जाने मोटरबाटोको स्तरोन्नति गर्ने काम भइरहेको पनौती–१२ का वडाध्यक्ष जयराम केसी खत्रीले जानकारी दिए। मोटरबाटोको स्तरोन्नतिपछि पर्यटकको सङ्ख्या झन बढ्ने अपेक्षा गरिएको उनले बताए।

पञ्चकन्या झरनाको नामले परिचित यस ठाउँमा पनौती–मल्पि–रोशी भूमेडाँडा हुँदै पुग्न सकिन्छ। आन्तरिक पर्यटकको आवागमन बढ्दै गएपछि करिब डेढवर्ष अगाडि वडा नं १२ ले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको वडाध्यक्ष खत्रीले बताए। 

शान्त ठाउँ, घनाजङ्गलको छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपर्ने भएकाले निकै रमाइलो र मनमोहक लाग्ने यहाँ आउनेहरु बताउँछन्। पहिला यहाँ आउनका लागि सानो गोरेटो बाटो मात्रै भएकाकाले गाउँलेलाई बजार आवतजावत गर्न समेत मुस्किल हुने गरेकामा बाटो स्तरोन्नति भएसँगै आवागमन सहज भएको स्थानीय बताउँछन्।

झरनाकै कारण बाटो फराकिलो बनेपछि अब घर जानआउन सहज भएको स्थानीय सूर्यबहादुर गोलेले बताए। ‘पहिला त सानो मान्छे हिँड्न मात्रै मिल्ने गोरेटो बाटो थियो। अहिले झरनासम्म जाने फराकिलो मोटरबाटो बन्दैछ’, उनले भने, ‘त्यहाँसम्म मात्रै भए पनि सहज बनेको छ। हाम्रो गाउँसम्म पुग्नको लागि त अझै उस्तै समस्या छ।’ गोलेको गाउँसम्म पुग्नका लागि करिब आधा घण्टाको बाटो अरु हिँड्नुपर्छ। यसअघि बाटोघाटोको सुविधा केही नभएकाले अधिकांश स्थानीय बासिन्दा बसाइँ सरिसकेका उनले बताए। 

पनौती–१२ का वडाध्यक्ष खत्रीले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सङ्घीय सरकारको करिब एक करोड लागतमा मोटरबाटो स्तरोन्नतिको काम भइरहेको बताए। पहिलो चरणमा अहिले ड्रेन बनाउने र वाल लगाउने काम भइरहेको भन्दै पछिल्लो समयमा त्यसलाई पक्की सडकको रुपमा विकास गर्दै लैजाने योजना रहेको उनले बताए। झरनाभन्दा केही तल व्यवस्थित खेल मैदान निर्माण गरिरहेको उनको भनाइ थियो। 

खेल मैदानसँगै मोटरबाटो सकेपछि पैदलयात्राको लागि ढुङ्गा विछ्याउने, खोलामा काठको पुल राख्ने र झरना नजिकै पाँचकन्या नागको प्रतिमा निर्माण गर्ने लक्ष्य रहेको खत्रीले जानकारी दिए। सो क्षेत्रको आस्थाको केन्द्र भएको ठाउँ जहाँ पाँचकन्याको बास रहेको भन्ने किम्बदन्ती छ। पञ्चकन्या देवीको बासस्थान भएको ठाउँसँगै भएको कारण पञ्चकन्या झरना नामाकरण गरेको स्थानीयवासीको भनाइ छ। 

झरना नजिकै रहेको सानो गुफामा पाँचकन्याको प्रतिकात्मक मूर्ति राखेर स्थानीयले पूजा गर्दै आएका छन्। बनेपा र पनौती बजारबाट नजिकैको दूरीमा रहेको सो झरना पर्यटकका लागि आकर्षक थलो बनेपनि रोशीको शिर आसपासमा क्रसर तथा ढुङ्गाखानी सञ्चालन हुनुका साथै टिपर बढी मात्रमा गुड्ने भएकाले त्यसलाई व्यवस्थापन गर्नुपर्ने झरना अवलोकन गर्न आउने पर्यटक बताउँछन्।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहको वार्ता बालुवाटारमा जारी मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्