• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’

64x64
रासस बुधबार, माघ ३, २०८०  १५:२६
1140x725

धुलिखेल– एकनासले झरिरहेको झरना, तल बाँध बाँधेर बनाइएको पोखरीमा चिसो र कञ्चन पानीसँग खेल्ने ठाउँ छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलास्थित पञ्चकन्या झरना यतिले यहाँ आउने सबैको आकर्षक गन्तव्य बनेको छ। पोखरीको पानीमा खेल्न पाइने मनोरमस्थल भएकाले यहाँ घुम्न आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेसँगै बस्न चाहनेलाई आवास सुविधाका लागि रिसोर्ट बनेको छ।

झरना जानका लागि सडकको स्तरोन्नति गरेसँगै स्थानीय विजय केसीले झरना नजिकै ‘पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट’ सञ्चालनमा ल्याएका छन्। पञ्चकन्या कृषि फार्मद्वारा सञ्चालित उक्त हाउसमा बैठक बस्नेदेखि आवास र ट्राउट माछासँगै विभिन्न स्थानीय कृषि उत्पादनका परिकारका स्वाद लिन पाइने सञ्चालकले बताए। 

‘यहाँ आउने पर्यटकलाई सुविधा प्रदान गर्नका लागि करिब एक करोड लागतमा रिसोर्ट सञ्चालनमा ल्याएको हुँ’, केसीले भने, ‘अब झरनामा क्यानोनिङ, पोखरीमा बोटिङ, रक क्ल्याइम्बीङ, बञ्जीजम्प लगायतका साहसिक खेलसमेत सञ्चालन गर्न सकेको खण्डमा यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ।’ चिसो पानीमा पर्यटक रम्नुका साथै ट्राउट माछाको लागि उपयुक्त ठाउँ भएकाले कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ। उनका अनुसार यहाँ ३० जना सम्मको आवास व्यवस्थापन गर्न सकिने व्यवस्थित रिसोर्ट बनेको छ।

झरनामा क्यानोनिङको लागि विज्ञ टोलीलाई ल्याएर अध्ययनसमेत गरिसकेको केसीले बताए। रिसोर्टमा अरु दुई जनालाई राखेर सञ्चालन गरेसँगै अरु चार जनालाई रोजगारीसमेत दिइएको छ। यसअघि सो टाउँमा जानका लागि झाडी भएको, वियर तथा फोहर यत्रतत्र छरेको अवस्थामा रहेकामा अहिले रिसोर्ट सञ्चालनमा आएपछि हप्ताको एक पटक नियमित रुपमा सरसफाइ गर्दै आएको उनले बताए। 

विशेष गरेर गर्मीयाममा घुइँचो लाग्ने गरेको यस ठाउँमा आजभोलि शनिबार र बिदाका दिन पर्यटक पुग्ने गरेका छन्। महाभारत लेकबाट बगेर आउने चिसो पानीको झरनामा रमाइलो गर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ घुम्न पुग्ने गरेका केसीले बताए। हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानीसँगै मनोरञ्जन लिनका लागि ‘पञ्चकन्या झरना’ पछिल्लो समय धेरैको रोजाइमा पर्न थालेको उनको भनाइ थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

झरना क्षेत्रमा पुगेपछि आनन्द मिल्ने भएकाले सबैको रोजाइ बन्दै गएपछि पछिल्लो समय त्यहाँसम्म जाने मोटरबाटोको स्तरोन्नति गर्ने काम भइरहेको पनौती–१२ का वडाध्यक्ष जयराम केसी खत्रीले जानकारी दिए। मोटरबाटोको स्तरोन्नतिपछि पर्यटकको सङ्ख्या झन बढ्ने अपेक्षा गरिएको उनले बताए।

पञ्चकन्या झरनाको नामले परिचित यस ठाउँमा पनौती–मल्पि–रोशी भूमेडाँडा हुँदै पुग्न सकिन्छ। आन्तरिक पर्यटकको आवागमन बढ्दै गएपछि करिब डेढवर्ष अगाडि वडा नं १२ ले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको वडाध्यक्ष खत्रीले बताए। 

शान्त ठाउँ, घनाजङ्गलको छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपर्ने भएकाले निकै रमाइलो र मनमोहक लाग्ने यहाँ आउनेहरु बताउँछन्। पहिला यहाँ आउनका लागि सानो गोरेटो बाटो मात्रै भएकाकाले गाउँलेलाई बजार आवतजावत गर्न समेत मुस्किल हुने गरेकामा बाटो स्तरोन्नति भएसँगै आवागमन सहज भएको स्थानीय बताउँछन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

झरनाकै कारण बाटो फराकिलो बनेपछि अब घर जानआउन सहज भएको स्थानीय सूर्यबहादुर गोलेले बताए। ‘पहिला त सानो मान्छे हिँड्न मात्रै मिल्ने गोरेटो बाटो थियो। अहिले झरनासम्म जाने फराकिलो मोटरबाटो बन्दैछ’, उनले भने, ‘त्यहाँसम्म मात्रै भए पनि सहज बनेको छ। हाम्रो गाउँसम्म पुग्नको लागि त अझै उस्तै समस्या छ।’ गोलेको गाउँसम्म पुग्नका लागि करिब आधा घण्टाको बाटो अरु हिँड्नुपर्छ। यसअघि बाटोघाटोको सुविधा केही नभएकाले अधिकांश स्थानीय बासिन्दा बसाइँ सरिसकेका उनले बताए। 

पनौती–१२ का वडाध्यक्ष खत्रीले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सङ्घीय सरकारको करिब एक करोड लागतमा मोटरबाटो स्तरोन्नतिको काम भइरहेको बताए। पहिलो चरणमा अहिले ड्रेन बनाउने र वाल लगाउने काम भइरहेको भन्दै पछिल्लो समयमा त्यसलाई पक्की सडकको रुपमा विकास गर्दै लैजाने योजना रहेको उनले बताए। झरनाभन्दा केही तल व्यवस्थित खेल मैदान निर्माण गरिरहेको उनको भनाइ थियो। 

खेल मैदानसँगै मोटरबाटो सकेपछि पैदलयात्राको लागि ढुङ्गा विछ्याउने, खोलामा काठको पुल राख्ने र झरना नजिकै पाँचकन्या नागको प्रतिमा निर्माण गर्ने लक्ष्य रहेको खत्रीले जानकारी दिए। सो क्षेत्रको आस्थाको केन्द्र भएको ठाउँ जहाँ पाँचकन्याको बास रहेको भन्ने किम्बदन्ती छ। पञ्चकन्या देवीको बासस्थान भएको ठाउँसँगै भएको कारण पञ्चकन्या झरना नामाकरण गरेको स्थानीयवासीको भनाइ छ। 

झरना नजिकै रहेको सानो गुफामा पाँचकन्याको प्रतिकात्मक मूर्ति राखेर स्थानीयले पूजा गर्दै आएका छन्। बनेपा र पनौती बजारबाट नजिकैको दूरीमा रहेको सो झरना पर्यटकका लागि आकर्षक थलो बनेपनि रोशीको शिर आसपासमा क्रसर तथा ढुङ्गाखानी सञ्चालन हुनुका साथै टिपर बढी मात्रमा गुड्ने भएकाले त्यसलाई व्यवस्थापन गर्नुपर्ने झरना अवलोकन गर्न आउने पर्यटक बताउँछन्।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्