इटहरी– ग्रामीण क्षेत्रका युवालाई स्वरोजगारमुलक सीप प्रदान गरेर गाउँघरमै बसी आत्मनिर्भर गराउने अभिप्रायले इटहरीमा सञ्चालित सामुदायिक विकास कार्यक्रम अन्तर्गत एकमहिने डकर्मीसम्बन्धी तालीम आज सम्पन्न भएको छ।
विश्व खाद्य कार्यक्रम र नेपाल सरकारको सहयोगमा ग्रामीण पुनः निर्माण संस्थाले आयोजना गरेको सो तालिममा जिल्लाका देवानगञ्ज, कोशी, भोक्राहा, हरिनगरा गाउँपालिका तथा बराहक्ष नगरपालिकालगायतका स्थानका २२ युवा सहभागी थिए।
प्रतिव्यक्ति झण्डै २२ हजारको लगानीमा घर निर्माणसम्बन्धी ज्ञान, सीप र भूकम्प प्रतिरोधी भवनसंहिता सम्बन्धी प्रशिक्षणका साथै प्रशिक्षार्थीलाई औजारसमेत उपलब्ध गराइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।