• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

शारीरिक अशक्तताका बाबजुद स्वर्णपदक जित्न सफल केशव

64x64
रासस शनिबार, पुस २८, २०८०  १३:१९
1140x725

म्याग्दी– धवलागिरि गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानैदेखिको सपना थियो। विसं २०६७ पुस २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन गर्दै गरेका थापाको कम्मरभन्दा तलको भाग नचल्ने भयो। 

अठार महिना अस्पताल र पुनःस्थापना केन्द्रमा उपचार गरेपछि मेरुदण्ड पक्षघात (स्पाइनल इन्जुरी) भएका थापा ह्विलचियरमा हिँडडुल गर्छन्। पढाइ र खेलमा अब्बल थापाले शारीरिक प्रतिकूलताका बाबजुद लक्ष्य हासिल र सपना पूरा गर्न हिम्मत हारेनन्। उनले ह्विलचियरकै साहराले शारीरिक अपाङ्गता भएकाबीच हुने पारा टेबल टेनिसको एक अन्तर्राष्ट्रिय र छ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।

उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। ‘बास्केटबलमा मेरो रुचि र अनुभव थियो’, उनले भने, ‘शारीरिक अवस्था प्रतिकूल भएपछि नेपाल अपाङ्ग सङ्घले सञ्चालन गरेको खगेन्द्र नवजीवन गृहमा बसेर पढाइलाई निरन्तरतासँगै ह्विलचियरमै बसेर टेबल टेनिस र बास्केटबल खेल्न सिके, प्रतियोगितामा भाग लिएर सफल पनि भए’, उनले भने। 

आत्मविश्वास, निरन्तरको अभ्यास र मेहनतका कारण खेलकुद र पढाइलाई सँगसँगै अघि बढाउन सफल भएको थापाको अनुभव छ। पुनःस्थापना केन्द्रमा बस्दा समय व्यवस्थापनका लागि आफू जस्तै अन्य साथीले खेलेको देखेर थापाले ह्विलचियरमा बसेर टेबल टेनिस खेल्न सिकेका थिए। 

सन् २०१४ मा बङ्गलादेशमा भएको पारा टेबल टेनिस प्रतियोगितामा थापाले स्वर्णपदक दिलाएका थिए। नेपालको प्रतिनिधित्व गरेर उनले सन् २०१८, २०१९ र २०२२ मा भएको पारा एसियन टेबल टेनिस च्याम्पीयनसिप प्रतियोगितामा भाग लिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पोल्याण्ड, जापान र थाइल्याडमा भएको छनोट खेलमा सहभागी भएका थापाले भूटानमा पारा टेबल टेनिसको अन्तर्राष्ट्रिय ‘कोच’सम्बन्धी पहिलो तहको तालिम लिएका छन्। राष्ट्रियस्तरको प्रतियोगितामा छ स्वर्णपदक जितेका थापाले अपाङ्गता मात्र नभई सवालङ्गलाई पनि टेबलटेनिस खेलसम्बन्धी प्रशिक्षण दिन्छन्। 

यसैवर्ष पेरिसमा हुने पारा ओलम्पिकको छनोट खेलको तयारीमा रहेका थापा मे महिनामा पाराओलम्पिक वर्ल्ड क्वालिफिकेसन च्याम्पीयनसिपमा भाग लिन थाइल्याड जाने तयारीमा छन्। थापालाई युवा तथा खेलकुद मन्त्रालयले विसं २०७८ मा एक लाख राशिको खेल प्रतिभा पुरस्कार प्रदान गरेको थियो। 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले विसं २०७६ मा ‘एनएनआइपीए अवार्ड’ बाट सम्मान गरेको थियो। धवलागिरि गाउँपालिकाले यही पुस २६ गते २१औं गाउँसभाका अवसरमा १० हजार पाँच सयसहित थापालाई पुरस्कृत गरेको थियो।  

थापा स्पाइनल इन्जुरी नेटवर्कले काठमाडौं सञ्चालन गरेको विद्यालयमा स्पाइनल इन्जुरी भएका बालबालिकाले पढ्ने विद्यालयमा शिक्षण गर्छन्। सो विद्यालयमा हाल १५ बालबालिका छन्। अनलाइनमा आधारित अपाङ्गता सहायता सामग्रीको व्यवसायलाई थापाले जीविकोपार्जनको माध्यम बनाएका छन्। 

सरकारले मेरुदण्ड पक्षघात भएकाका लागि उपलब्ध गराउने मासिक पाँच हजार औषधि उपचार खर्च थापाले पाउँछन्। ‘धेरै वर्षको प्रयासपछि दुई वर्षदेखि स्पाइनल इन्जुरी भएकाका लागि सरकारले औषधि उपचार खर्चको व्यवस्था मिलाएको छ’, उनले भने, ‘सार्वजनिक संरचना र शौचालय अपाङ्गतमैत्री बनाउन, मेरुदण्ड पक्षघात भएकाको शिक्षामा पहुँच बढाउन पैरवी गरिरहेका छौं।’

थापा ‘ह्वीलचियर’ को सहारा लिने मानिसको आत्मविश्वास बढाउने उद्देश्यले स्थापना भएको ‘मेरुदण्डीय पक्षघात समूह नेपाल’ को महासचिवको जिम्मेवारीमा पनि छन्। दाताको सहयोग जुटाएर छात्राबासको व्यवस्था मिलाएको उनले बताए।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्