पोखरा– कास्कीको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा थप एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले उक्त ठगी प्रकरणमा पोखरा महानगरपालिका–१३ बस्ने सहकारीका लेखा समिति संयोजक ५७ वर्षीय सूर्यबहादुर अधिकारीलाई बिहीबार पक्राउ गरेको हो।
पोखराको नयाँबजारमा सञ्चालित सहकारी संस्थाको बचतकर्ताको रकम ठगी गरेको प्रकरणमा यसअघि नै सञ्चालक समितिका अध्यक्ष र केही सदस्यलाई पक्राउ गरिसकेको छ। बिहीबार पक्राउ परेका अधिकारीलाई कास्की प्रहरी हिरासतमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।