काठमाडौं– फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षीय गेब्रियल एटल नियुक्त भएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले एटललाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
समलिंगीसमेत रहेका उनी फ्रान्सको प्रधानमन्त्रीमध्ये अहिलेसम्मकै कान्छा हुन्। प्रधानमन्त्री एलिजाबेथ बोर्नले राजीनामा दिएपछि गेब्रियल एटललाई राष्ट्रपति म्याक्रोनले प्रधानमन्त्री नियुक्त गरेका हुन्।
एटल सन् २०२३ को जुलाईदेखि शिक्षा तथा राष्ट्रिय युवामन्त्री थिए। एटललाई नियुक्त गर्दै म्याक्रोनले सामाजिक सञ्जाल एक्समा गेब्रियल एटलको ‘उर्जा र प्रतिबद्धतामा भरोसा गर्छु’समेत भनेर लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।