काठमाडौं– नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ। मंगलबार गृहमन्त्रालयले उनीहरुको सरुवा गरेको हो।
यस्तै केही प्रदेश प्रमुखहरुलाईसमेत फेरिएको छ। प्रदेश र ब्यूरोमा रहेका डीआईजीहरूको जिम्मेवारी हेरफेर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता कुबेर कडायतलाई लुम्बिनी प्रदेश सरुवा गरिएको छ। कोशी प्रदेश कार्यालय विराटनगरमा चन्द्रकुबेर खापुङलाई पठाइएको छ।
सीआईबीमा रहेका यज्ञविनोद पोखरेललाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, वागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा रहेका विष्णुकुमार केसीलाई पठाइएको छ।
हेर्नुहोस् सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।