काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आधिकारिक रुपमा ‘ए’टीम घोषणा गर्ने भएको छ। बिहीबार आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले ‘ए’ निर्माणबारे जानकारी दिएका छन्।
आगामी प्रधानमन्त्री कप प्रतियोगितालगत्तै ‘ए’टिमको घोषणा गरिने उनले बताए। राष्ट्रिय टिमका धेरै खेलहरु लगातार रहेकाले ‘ए’ टीम आवश्यक रहेको सचिव खड्काको भनाइ छ।
यस्तै टी–२० विश्वकपमा छनोट भएको क्यानडाले पनि नेपालमा खेल्न इच्छा गरेको उनले बताए। जसका लागि क्यानडाको क्रिकेट टिम आगामी फेब्रुअरीमा नेपाल आउने भएको छ। एक्त टीमसँग नेपालको ‘ए’ टिमले तीनवटा एक दिनवसीय र टी–२० खेल खेलाइने सचिव खड्काले जानकारी दिए।
यसैगरी आयरल्यान्डलगायत विभिन्न देशका ‘ए’ टीमलाई नेपालमा बोलाएर नेपालको ‘ए’ टीमसँग खेलाउने तयारी रहेको पनि क्यानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।