काठमाडौं– सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा कास्की प्रहरीले दुई जनाविरुद्ध हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
पोखरा महानगरपालिका–४ नाकोमुखस्थित सञ्चालनमा रहेको सहकारीको सञ्चालक समितिका पदाधिकारीसमेतले बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको जाहेरी अनुसार पक्राउ परेका दुई जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त ठगी प्रकरणका प्रतिवादी मादी गाउँपालिका–१० का ३९ वर्षीय शिवबहादुर गुरुङ र स्याङ्जाको गल्याङ–९ का ४२ वर्षीय भविश्वर अर्यालमाथि अनुसन्धान जारी रहेको छ। गुरुङ सहकारीको सञ्चालक समितिका पूर्व सदस्य हुन् भने अर्याल वर्तमान सदस्य हुन्।
१७ गते कास्की जिल्ला अदालतमा उनीहरु आफैं उपस्थित भएको र उनीहरुको बयान कार्य नसकिएको हुँदा जिल्ला कार्यालय कास्कीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।