नयाँ दिल्ली (एजेन्सी) – अस्ट्रेलियन क्रिकेट टोली चढेको बस आक्रमणमा परेको छ । भारतको गुवाटीमा अस्ट्रेलियन टोली चढेको बसमा आक्रमण भएको हो । टी-ट्वान्टी खेलमा भारतीय टोलीलाई ८ विकेटले पराजित गर्दै होटलमा फर्किएका अस्ट्रेलियन टोलीमाथि आक्रमण भएको हो।
उनीहरु सवार बसमा अज्ञात समूहले ढुंगा वर्षाएका थिए । क्रिकेट अस्ट्रेलियाले आक्रमणबाट कोही घाइते नभए पनि खेलाडीहरु आतंकित भएको प्रतिक्रिया दिएको छ । कुनै खेलाडी घाइते नभए पनि त्रस्त रहेको र आक्रमणपछि बाँकी म्याच खेल्ने कि नखेल्ने विषयमा छलफल भइरहेको उसले जनाएको छ।
घटनापछि अस्ट्रेलियन ब्याट्सम्यान आरोन फिन्चले ट्विट गरेका छन्– 'ढुंगा प्रहारको घटनाले हामी निकै त्रसित छौं।'
पाँच हप्ताको अन्तरालमा अस्ट्रेलियन टोलीमाथि भएको यो दोस्रो आक्रमण हो । गत महिना बंगालेदश विरुद्धको खेलमा जित हात पारेपछि चितागोङ रंगशालाबाट बाहिरिने क्रममा टोलीमाथि आक्रमण भएको थियो।
अस्ट्रेलियाको जितमा योगदान गर्दै जसोन ब्रेनड्रोफले चार विकेट लिएका थिए भने मोसिस हेनरिकेसले ह्याट्रिक गरेका थिए । भारतको हैदरावादमा टी-ट्वान्टी संस्करणको खेल शुक्रबार सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।