• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

करिब ५०० न्यायाधीशविरुद्ध गम्भीर उजुरी टुंग्याउन कस्सियो न्याय परिषद्

64x64
नेपाल लाइभ बुधबार, पुस ११, २०८०  ०९:१५
1140x725

काठमाडौं– प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले नियुक्तिकै समयमा गरेका केही बाचामध्ये एक थियो न्यायाधीशविरुद्ध परेका उजुरीहरु समयमा किनारा गर्ने। उक्त बाचा पूरा गर्ने कोसिस तर गरे तर सबैभन्दा पहिलो प्राथमिकता न्यायाधीश नियुक्ति पर्‍यो। 

उनले सर्वोच्च,उच्च र जिल्ला तहमा केही नियुक्ति गरे। उनले उच्च अदालतमा मुख्य न्यायाधीशका साथै विशेष र सर्वोच्चमा पदपूर्ति गराएपछि अब न्याय परिषद्‌मा रहेको उजुरीमा हात हालेका छन्।

न्याय परिषद्‌मा लामो समयदेखि उजुरीमाथि छानबिन नहुँदा करिब ३ सय भन्दा धेरै उजुरीहरु विचाराधीन रहेका छन्। तीमध्ये २ सय ९० वटा उजुरी न्यायाधीशको नाम नै तोकेर न्यायीक विचलनमा परि गलत फैसला गरेको आरोपमा दर्ता भएका विचाराधीन रहेको परिषद‍् स्रोतले बताएको छ। यी उजुरीमा छानबिन हुँदा करिब ५ सय न्यायाधीशको कार्यसम्पादन हेनुपर्ने देखिएको परिषद्ले जनाएको छ।

उजुरी हेर्दा उच्च र जिल्लामा गरी ४ सय ५२ न्यायाधीशविरुद्ध रहेको स्रोतले बतायो। तीमध्ये २ सय ३२ उच्च अदालतका न्यायाधीश र २ सय २० जना जिल्ला न्यायाधीशविरुद्ध उजुरी दर्ता भएका छन्। ‘परिषद्‌मा दुई प्रकारका उजुरी दर्ता भएका छन्,’ परिषद्का एक सदस्यले भने, ‘खराब आचरण तथा न्यायाधीश आचारसंहिता उल्लंघन गरेको र अर्को न्यायीक विचलनमा परि फैसला वा आदेश गरेको।’ 

यो पनि पढ्नुहोस

‘एक्सन’ मा कामु प्रधानन्यायाधीश कार्की, भटाभट बर्खास्त हुँदै न्यायाधीश 

सबैभन्दा बढी उजुरी खराब आचरण र आचारसंहिताको गम्भीर उल्लंघनसम्बन्धी छन्। यसमा १ सय ६४ वटा उजुरी दर्ता भएको परिषद्ले जनाएको छ। ७४ वटा उजुरीमा विभिन्न न्यायाधीशमा कार्यक्षमता अभाव (न्यायीक विचलनमा परि फैसला वा आदेश) सुनाएको दाबी गरिएको छ। जसलाई परिषद्ले गम्भीर रुपमा हेर्ने गरेको छ। त्यसबाहेक सार्वजनिक सञ्चार माध्यममा आएका सूचनाहरुलाई पनि आधार मानेर परिषद्ले छानबिन गर्ने गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सार्वजनिक सञ्चार माध्यमले गम्भीर मुद्दामा भएका फैसलामा गरेको टिप्पणीका आधारमा पनि आवश्यक देखिए छानबिन हुने परिषद्ले जनाएको छ। केही उजुरी त घुस खाएर फैसला गरेको भनेरसमेत आरोप लगाएको दर्ता भएका छन्। केही उजुरी भने अझै रमाइला पनि दर्ता हुने गरेका छन्। कार्यालय समयमा रक्सी आएर इजलासमा आउने, जुवातास खेल्ने, अदालतलाई समय नदिने, कार्यालयको कर्मचारीसमेत लिएर घुम्न गएको उजुरी पनि दर्ता भएको छ।

एक न्यायाधीशलाई कार्यालयको कर्मचारीसँग मिलेर झगडियाको सवारी साधन लिएर मुस्ताङ घुम्न गएको उजुरी गरिएको छ। त्यस्तै केही न्यायाधीशले आचारसंहिताले नदिने गरि कानुन व्यवसायीसँग सम्बन्ध राख्ने र दलका नेताहरुसँग भेट्ने गरेको दाबी गरिएको छ। न्याय परिषद्‌मा उजुरी दर्ता हुने अनि कारबाही नहुने पुरानै रोग हो। तर तत्कालीन प्रधानन्यायाधीश दीपककुमार कार्कीको समयमा केही एक्सन सुरु भएको थियो। 

तत्कालीन समयमा १० जना न्यायाधीशहरु कारबाहीमा परेका थिए। एक जना न्यायाधीशविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा नै दर्ता भएको थियो। जिल्ला अदालत तनहुँमा कार्यरत रहेका न्यायाधीश ओमकारप्रसाद उपाध्यायको शैक्षिक प्रमाणपत्र नै नक्कली भएको ठहर विशेष अदाललते नै गरेको थियो। आफूमाछि छानबिन हुन थालेपछि उनले राजीनामा दिएर उम्कन खोजेका थिए। तर तत्कालीन समयमा उनीमाथि छानबिन गरी मुद्दा चलाइएको थियो।

यो पनि पढ्नुहोस

न्यायाधीशको प्रमाणपत्र नै नक्कली!

कार्कीले अवकाश पाएपछि छानबिन सेलायो। श्रेष्ठले जिम्मेवारी सम्हालेपछि छानबिन फेरि सुरु गरेका हुन्। न्याय परिषद्को अध्यक्षको रुपमा श्रेष्ठलाई बरिष्ठ न्यायाधीश ईश्वर खतिवडाले छानबिनका लागि साथ दिएका छन्। उनी पनि अब न्यायाधीश नियुक्तिअघि उजुरी टुंग्याउने ‘मूड’मा छन्। केही दिन खतिवडाले अहिले न्याय पालिकामा रहेको निरासा र केही कारबाही भएन भनी गरेको गुनासो सम्बोधन हुने बताएका थिए। पत्रकारसँगको कुराकानीमा क्रममा उनले परिषद्‌मा रहेको उजुरीको पोका खोल्नेक्रम सुरु भएकोतिर संकेत गर्दै प्रश्न उठाउन नसक्नेगरि परिषद्ले कारबाही गर्नुपर्नेलाई कारबाही गर्ने र नपर्ने भए उजुरी टुंग्याउने बताएका थिए। 

परिषद्का अर्का एक सदस्यका अनुसार परिषद्ले अब उच्च अदालतमा नियुक्ति गर्नुअघि सबै उजुरी किनारा गर्ने अनिमात्र सिफारिस र नियुक्ति गर्ने छ। उच्च अदालतमा लैजानका लागि उजुरी परेका केही न्यायाधीश पनि योग्य भएकाले उनीहरुको हकमा उजुरीमाथि निर्णय गर्नुपर्ने देखिएपछि परिषद्ले छानबिन थालेको हो। हाल उच्च अदालतका ३९ न्यायाधीश पद रिक्त छन्। केही दिनमा थप न्यायाधीश पनि रिक्त हुने भएकाले छिट्टै टुंग्याउनुपर्ने दबाब रहेको परिषद्का ती सदस्यले बताए। परिषद्ले सँगै न्यायाधीश हुन योग्य न्याय, कानुन, सरकारी वकिल समूहका कर्मचारीहरुको रोष्टर पनि तयार पार्न थालेको छ। उनीहरुसँगै कानुन व्यवसायीको पनि रोष्टर निर्माण गरिरहेको छ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिला मन्त्री बादीसँग संयुक्त राष्ट्र महिला प्रतिनिधिमण्डलको शिष्टाचार भेट तथा छलफल
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा
इरानले हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन : कतार
सम्बन्धित सामग्री
महिला मन्त्री बादीसँग संयुक्त राष्ट्र महिला प्रतिनिधिमण्डलको शिष्टाचार भेट तथा छलफल उक्त भेटमा लैंगीक समानता प्रवर्द्धन, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, महिलाको नेतृत्व तथा सहभागिता विस्तार, तथा सीमान्तकृत समुदा... मंगलबार, वैशाख २९, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो। मंगलबार, वैशाख २९, २०८३
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ) सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ । मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
महिला मन्त्री बादीसँग संयुक्त राष्ट्र महिला प्रतिनिधिमण्डलको शिष्टाचार भेट तथा छलफल मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
इरानले हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन : कतार मंगलबार, वैशाख २९, २०८३
स्कटल्याण्डसँग नेपाल २ रनले पराजित मंगलबार, वैशाख २९, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्