• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा पक्राउ परेकामध्ये ३ जनाविरुद्ध मात्रै मुद्दा दर्ता, १ जना फरार प्रतिवादी

64x64
नेपाल लाइभ सोमबार, पुस ९, २०८०  १२:२५
1140x725

काठमाडौं– रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १३ जना मध्ये ३ जनाविरुद्ध मात्रै मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पठाएको फाइल अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ घर भइ काठमाडौं गोकर्णेश्वर बस्दै आएकी २५ वर्षीया सुजता दाहाल, सुजताका श्रीमान् तथा एप्पल एजुकेशन कन्सल्टेन्सी र युजिन मल्टिपर्पोज कन्सल्टेन्सीका सञ्चालक सुमनकुमार लिम्बू, उक्त कन्सल्टेन्सीका कर्मचारी तथा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा घर भएका २४ वर्षीय सन्तोष नेपाल र अर्का कर्मचारी नवलपरासीको बर्दघाट नगरपालिका–१० का २१ वर्षीय दीपेश अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ।

उनीहरुविरुद्ध २ वटा फरक–फरक ठगीका मुद्दा दायर भएका छन्। यी ४ जनामध्ये ३ जना पक्राउ परेका छन्। दीपेश अधिकारीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। 

यो पनि पढ्नुहोस

रुसी सेनामा भर्ती हुन बहालवाला प्रहरीले बुझाए पासपोर्ट, सशस्त्रका असई राजीनामा ठोकी रुस पुगेर फिर्ता

सुजता, उनका श्रीमान सुमन र कन्सल्टेन्सीका स्टाफ सन्तोषविरुद्ध ६५ लाखको ठगीमा एउटा मुद्दा दर्ता भएको छ। जसमा सरिता थापाबाट ७ लाख ८० हजार, सागर आचार्यबाट १० लाख ७० हजार, सिताराम तामाङबाट ८ लाख ५० हजार, सुशन तामाङबाट ७ लाख ५० हजार, प्रज्वल केसीबाट ७ लाख ५० हजार, ललिता खड्काबाट १० लाख, दुर्गा श्रेष्ठबाट १३ लाख गरी ६५ लाख ठगी गरिएको दाबी गरिएको छ। उनीहरुलाई विदेश पठाउने भनेर रकम लिएर ठगी गरिएको दाबी छ।

त्यस्तै, सुजाता, सन्तोष र दीपक अधिकारी (फरार) लाई प्रतिवादी बनाएर अर्को ठगीको मुद्दा दायर गरिएको छ। 

यसमा नवीन तामाङको ६ लाख ५४ हजार १५०, समीरबहादुर सहकारीको २ लाख ९९ हजार, युकेश राईको ९ लाख १२ हजार गरी १८ लाख ६५ हजार १५० रुपैयाँ ठगिएको भन्दै मुद्दा दर्ता भएको छ।

यसअघि ठगीको उजुरी परेकाहरु सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ घर भएका २३ वर्षीय मनिष न्यौपाने र लमजुङको दोर्दी गाउँपालिका–२ घर भइ टोखा बस्दै आएका ३५ वर्षीय ईश्वरप्रसाद अधिकारीविरुद्ध भने मुद्दा चलाइएको छैन। ठगिएको भन्दै जाहेरी दिएकाहरुको रकम फिर्ता गरेर मिलापत्र गरेकाले मुद्दा नचलाइएको प्रहरीले जनाएको छ। 

नेपाली युवालाई अवैध रुपमा रुसी सेनामा भर्ती गर्न पठाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सुरुमा १२ जना र पछि २ जना गरी १४ जनालाई पक्राउ गरेको थियो। उनीहरु मध्ये ६ जनाविरुद्ध मात्रै उजुरी परेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

प्रहरीले सुरुमा १२ जनालाई पक्राउ गरेर सार्वजनिक गर्दा उनीहरुविरुद्ध एउटा पनि उजुरी परेको थिएन।  जसकारण प्रहरीले सुरुवाती क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो। तर पछि पक्राउ परेकामध्ये ६ विरुद्ध जाहेरी आएको आएको थियो। 

पक्राउ परेका मध्ये शंकर लिम्बूविरुद्ध भने मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जाहेरी परेको छ। 

यो पनि पढ्नुहोस

रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा पक्राउ परेका १३ जनामध्ये ५ विरुद्ध मात्रै जाहेरी, करोड बढी ठगेको दाबी

पक्राउ परेकामध्ये ८ जनाविरुद्ध भने अहिलेसम्म कुनै उजुरी नआएको प्रहरीले जनाएको छ। उदयपुरको कटारी नगरपालिका–६ का ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौंको जोरपाटीका २७ वर्षीय सन्तोष रोका, काठमाडौं–१६ का २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानीलकण्ठ–१३ का ३१ वर्षीय क्षितिज गिरी, सिरहाको गोलबजार नगरपालिका–३ का १९ वर्षीय दीपेन परियार, काभ्रेको सल्लेभम्लु गाउँपालिका–१ का २९ वर्षीय सुवास लामा, चितवनको राप्ती नगरपालिका–१ का २५ वर्षीय गोकर्ण अर्याल र दाङको घोराही उपमहानगरपालिका–८ का ३८ वर्षीय द्रोण डाँगीविरुद्ध अहिलेसम्म कुनै उजुरी नआएको परिसरका डीएसपी अंगुर जिसीले बताए।

यो समूहले नेपालीहरुलाई भिजिट भिसामा दुबई पुर्‍याउने र त्यहाँबाट रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको प्रहरीले जनाएको छ। यस्तै, काठमाडौंबाट भारत लगेर त्यहाँबाट तेस्रो मुलुक हुँदै पनि रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको पाइएको प्रहरीले जनाएको छ। 

रुसी सेनामा भर्ना भएपछि २ लाख रुपैयाँसम्म तलब हुने, छिट्टै ग्रिनकार्ड हुने भन्ने प्रलोभन देखाएर पठाउने गरेको पाइएको छ। यो गिरोहले विभिन्न माध्यममार्फत् रुसी सेनामा भर्ना हुन भन्दै विज्ञापन गर्ने र एउटा समूह बनाएर भिसा प्रोसेसिङ गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

यसरी विभिन्न प्रोसेसमार्फत् रुस पठाए बापत एक व्यक्तिबाट १४ लाख रुपैयाँसम्म यो गिरोहले लिने गरेको दाबी गरिएको छ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्सामा रविविरुद्ध चलिरहेको संगठित अपराधको अभियोग फिर्ता
सरकारले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’
सम्बन्धित सामग्री
सरकारले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् । मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही हर्कले केही दिन पहिले सुनसरीमा एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडियो चलाउँदै गरेका थिए । जुन भिडियो उनले आफैं सार्वजनिक गरेक... सोमबार, जेठ २५, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ पैँयुटार बस्ने 'नेपाली ब्रो' भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेका... शनिबार, जेठ २३, २०८३
ताजा समाचारसबै
पर्सामा रविविरुद्ध चलिरहेको संगठित अपराधको अभियोग फिर्ता मंगलबार, जेठ २६, २०८३
सरकारले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने मंगलबार, जेठ २६, २०८३
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ मंगलबार, जेठ २६, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
पदभार ग्रहणपछि गृहमन्त्री गुरुङद्वारा चरित्र हत्याविरुद्ध कडा चेतावनी मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ मंगलबार, जेठ २६, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्