• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

थमन विकको हत्या प्रकरणमा सांसद कोइरी सहितको फैसला सुनाउँदै अदालत

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २८, २०८०  १३:५०
1140x725

काठमाडौं- एम्बुलेन्सबाट थुतेर हत्या गरिएका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकको हत्या सम्बन्धी मुद्दामा अन्तिम बहस सकिएको छ। जिल्ला अदालत महोत्तरीमा केही दिनदेखि बहस चलिरहेको थियो।

जिल्ला अदालतकी श्रेष्तेदार नुतन झाका अनुसार निवेदक, सरकारी वकिल र जवाफी बहस सकिएको छ। 

‘बहस सकिएको छ। निवेदक, सरकारी वकिल र जवाफी बहस समेतपछि फैसला आउला,’ झाले भनिन्, ‘श्रीमान्‌हरु छलफलमा हुनुहुन्छ। सम्भवत: आजै फैसला आउन सक्छ।’ 

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा मुद्दा पेसी परेको थियो। उक्त मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरी समेत संलग्न भएको अभियोगपत्रमा दाबी गरिएको छ। नेपाल सरकारको जाहेरीले जिल्ला अदालतमा कर्तव्य ज्यान र आगो लगाएको दुई मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो। २०७२ फागुन २७ गते जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर भएको थियो। 

मधस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई  विकको हत्या भएको थियो। सो हत्याको आरोपमा  सांसद कोइरी, अभिराम शर्मा, कौशलकुमार यादव, रामशंकर मिश्र लगायतका २८ जना प्रतिवादी रहेका छन्। तीमध्ये जलेश्वर कारागारमा प्रदीप साह, सञ्जय साह र पवन कापर लगायत पुर्पक्षको आदेशमा थुनामा छन् । तर कोइरी भने जिल्लाबाट धरौटीमा छुटेका थिए । पछि उच्च अदालतले फैसला उल्ट्याए पनि उनी फरार रहँदै आएका छन्। 

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको निर्घात कुटपिटबाट गम्भीर घाइते विकलाई अस्पताल लाने क्रममा एम्बुलेन्सबाट पनि थुतेर हत्या गरिएको थियो। हत्या लगत्तै उनकी पत्नी शोभाले किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा सरकारले मुद्दा दायर गरेको थियो। तर हत्याको आरोप लागेका कोइरीलाई नेकपा एमालेले जनता समाजवादीबाट पार्टी प्रवेश गराउँदै टिकट दिएको थियो। नेकपा एमालेले टिकट दिएपछि गत मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका थिए। 

उनले पुस ७ गते सांसदको शपथ खाए। केही समय संसद्‌मा उपस्थित पनि भए। तर प्रहरीले पक्राउ गरेन।  
नेपाल प्रहरी प्रधान कार्यालयले कोइरीले शपथ लिएकै दिन पुस ७ गते उनलाई लागेको हत्या अभियोगबारे प्रतिनिधि सभालाई लिखित जानकारी गराएको थियो। त्यस दिन उनले दिउँसो १ बजे शपथ लिएका थिए भने दिउँसो २ बजे प्रहरीको पत्र संसद्‌मा पुगेको थियो। 

तर, कोइरी फरार रहेको पत्र संसद् सचिवालयमा पठाएपछि गएको वैशाख १९ गतेदेखि उनी निलम्बित भएका थिए। 

Ncell 2
Ncell 2

कसरी भयो घटना? 
२०७२ सालको मधेस आन्दोलनका बेला मधेसी जनधिकार फोरम महोत्तरीको नेतृत्वमा लक्ष्मी महतो कोइरी थिए। 

२०७२ भदौ २५ गते सीमा सुरक्षा कार्यालय जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक विकको बिभत्स हत्या भयो। झडपमा घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाटै थुतेर धान खेतमा लखेटी–लखेटी हत्या गरियो। 

उनको हत्याको नेतृत्व कोइरीले नै गरेको अभियोगपत्रमा दाबी गरिएको छ। उनीसहित २८ जनालाई हत्याको संलग्नता भएको अभियोगपत्रमा दाबी छ। 

तर, उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ कोइरीलाई १ लाख धरौटीमा छाड्ने आदेश दियो। यो आदेश लगत्तै उनी फरार भए। सरकारले जिल्लाको आदेश बदर हुनुपर्ने माग गर्दै उच्च अदालत जनकपुरमा निवेदन दियो।

उच्च अदालत जनकपुरले २०७७ मंसिर १९ गतेको आदेशले फैसला उल्ट्यायो र थुनामा राख्न भन्यो। तर उनी फरार नै रहे। उनले जसपाबाट राजनीतिक भविष्य नदेखेपछि एमाले प्रवेश गरे अनि टिकट पाउँदै उम्मेदवार बने अनि जित हात पारे। 

पार्टी बदलेर महोत्तरी–१ मा उनले वारेसमार्फत उम्मेदवारी दिएका थिए। पक्राउ पर्ने डरले उनी खुलेर प्रचार प्रसारमा पनि सहभागी भएका थिएनन्। 

उनी माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभामा विजयी भए। 
मतगणना र विजयी घोषणा सभामा पनि कोइरी देखा परेनन्। उनले निर्वाचित भएको प्रमाणपत्र पनि वारेसमार्फत नै बुझेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हुम्लामा हिमपात, जनजीवन प्रभावित
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
‘सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो’ : राष्ट्रपति पौडेल
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
हुम्लामा हिमपात, जनजीवन प्रभावित शनिबार, माघ १०, २०८२
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना शनिबार, माघ १०, २०८२
‘सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो’ : राष्ट्रपति पौडेल शुक्रबार, माघ ९, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा शुक्रबार, माघ ९, २०८२
एमाले ओखलढुंगा जिल्ला कमिटी नै नेकपामा समाहित शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका कालिकोटका शाही र बैतडीका चन्दले लिए उम्मेदवारी फिर्ता शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्