• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

थमन विकको हत्या प्रकरणमा सांसद कोइरी सहितको फैसला सुनाउँदै अदालत

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २८, २०८०  १३:५०
1140x725

काठमाडौं- एम्बुलेन्सबाट थुतेर हत्या गरिएका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकको हत्या सम्बन्धी मुद्दामा अन्तिम बहस सकिएको छ। जिल्ला अदालत महोत्तरीमा केही दिनदेखि बहस चलिरहेको थियो।

जिल्ला अदालतकी श्रेष्तेदार नुतन झाका अनुसार निवेदक, सरकारी वकिल र जवाफी बहस सकिएको छ। 

‘बहस सकिएको छ। निवेदक, सरकारी वकिल र जवाफी बहस समेतपछि फैसला आउला,’ झाले भनिन्, ‘श्रीमान्‌हरु छलफलमा हुनुहुन्छ। सम्भवत: आजै फैसला आउन सक्छ।’ 

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा मुद्दा पेसी परेको थियो। उक्त मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरी समेत संलग्न भएको अभियोगपत्रमा दाबी गरिएको छ। नेपाल सरकारको जाहेरीले जिल्ला अदालतमा कर्तव्य ज्यान र आगो लगाएको दुई मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो। २०७२ फागुन २७ गते जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर भएको थियो। 

मधस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई  विकको हत्या भएको थियो। सो हत्याको आरोपमा  सांसद कोइरी, अभिराम शर्मा, कौशलकुमार यादव, रामशंकर मिश्र लगायतका २८ जना प्रतिवादी रहेका छन्। तीमध्ये जलेश्वर कारागारमा प्रदीप साह, सञ्जय साह र पवन कापर लगायत पुर्पक्षको आदेशमा थुनामा छन् । तर कोइरी भने जिल्लाबाट धरौटीमा छुटेका थिए । पछि उच्च अदालतले फैसला उल्ट्याए पनि उनी फरार रहँदै आएका छन्। 

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको निर्घात कुटपिटबाट गम्भीर घाइते विकलाई अस्पताल लाने क्रममा एम्बुलेन्सबाट पनि थुतेर हत्या गरिएको थियो। हत्या लगत्तै उनकी पत्नी शोभाले किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा सरकारले मुद्दा दायर गरेको थियो। तर हत्याको आरोप लागेका कोइरीलाई नेकपा एमालेले जनता समाजवादीबाट पार्टी प्रवेश गराउँदै टिकट दिएको थियो। नेकपा एमालेले टिकट दिएपछि गत मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका थिए। 

उनले पुस ७ गते सांसदको शपथ खाए। केही समय संसद्‌मा उपस्थित पनि भए। तर प्रहरीले पक्राउ गरेन।  
नेपाल प्रहरी प्रधान कार्यालयले कोइरीले शपथ लिएकै दिन पुस ७ गते उनलाई लागेको हत्या अभियोगबारे प्रतिनिधि सभालाई लिखित जानकारी गराएको थियो। त्यस दिन उनले दिउँसो १ बजे शपथ लिएका थिए भने दिउँसो २ बजे प्रहरीको पत्र संसद्‌मा पुगेको थियो। 

तर, कोइरी फरार रहेको पत्र संसद् सचिवालयमा पठाएपछि गएको वैशाख १९ गतेदेखि उनी निलम्बित भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

कसरी भयो घटना? 
२०७२ सालको मधेस आन्दोलनका बेला मधेसी जनधिकार फोरम महोत्तरीको नेतृत्वमा लक्ष्मी महतो कोइरी थिए। 

२०७२ भदौ २५ गते सीमा सुरक्षा कार्यालय जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक विकको बिभत्स हत्या भयो। झडपमा घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाटै थुतेर धान खेतमा लखेटी–लखेटी हत्या गरियो। 

उनको हत्याको नेतृत्व कोइरीले नै गरेको अभियोगपत्रमा दाबी गरिएको छ। उनीसहित २८ जनालाई हत्याको संलग्नता भएको अभियोगपत्रमा दाबी छ। 

तर, उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ कोइरीलाई १ लाख धरौटीमा छाड्ने आदेश दियो। यो आदेश लगत्तै उनी फरार भए। सरकारले जिल्लाको आदेश बदर हुनुपर्ने माग गर्दै उच्च अदालत जनकपुरमा निवेदन दियो।

Xtrem

Xtrem

उच्च अदालत जनकपुरले २०७७ मंसिर १९ गतेको आदेशले फैसला उल्ट्यायो र थुनामा राख्न भन्यो। तर उनी फरार नै रहे। उनले जसपाबाट राजनीतिक भविष्य नदेखेपछि एमाले प्रवेश गरे अनि टिकट पाउँदै उम्मेदवार बने अनि जित हात पारे। 

पार्टी बदलेर महोत्तरी–१ मा उनले वारेसमार्फत उम्मेदवारी दिएका थिए। पक्राउ पर्ने डरले उनी खुलेर प्रचार प्रसारमा पनि सहभागी भएका थिएनन्। 

उनी माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभामा विजयी भए। 
मतगणना र विजयी घोषणा सभामा पनि कोइरी देखा परेनन्। उनले निर्वाचित भएको प्रमाणपत्र पनि वारेसमार्फत नै बुझेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा एमालेले संसदीय दलको बैठक
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
च्यासलमा एमालेले संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्