काठमाडौं- अवैध रूपमा लुकाई-छिपाई भन्सार छलेर लैजान लागेको सुन जस्तो देखिने धातु १ सय ७० ग्रामसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५० वर्षीय जितेन्द्र मुलचन्द बाबा छन्।
एयर अरेबियाको उडानद्वारा शारजाहबाट काठमाडौं बुधबार आएका बाबाको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औंठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको छ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।