काठमाडौं- पुँजी बजारका पछिल्लो सात दिनको आरोलो यात्रालाई रोक्दै बुधबारको कारोबारमा भने अंशिक रुपमा सुधार आएको छ। गत साताको पहिलो कारोबार दिन आइतबारदेखि याताका कारोबारमा निरन्तर राताम्मे भएको सो बजार आज भने ३.३ अङ्कको वृद्धि हुँदै ओरालो यात्रामा ‘ब्रेक’ लगेको हो।
सो अङ्कको वृद्धिले नेप्से परिसूचक १८४१ कायम भएको छ। कारोबार रकम भने मंगलबारको तुलनामा कमी भएको छ। बुधबार १ अर्ब १४ करोड बराबरको कारोबार भएको छ भने मंगलबार १ अर्ब ५४ करोडको कारोबार भएको थियो।
बुधबारको कारोबार सकिँदा १२१ कम्पनीको मूल्य बढ्यो भने १०६ कम्पनीको मूल्य घटेको छ।
बुधबार धेरै आकर्षण रहेको उपसमूहमा जीवन बीमा रहको छ। यो उपसमूह ८४ अङ्कले बढ्यो। त्यस्तै, निर्जीवन बीमा उपसमूह ७८ अङ्कले, व्यापार ११, अन्य ६, विकास बैंक ३, माइक्रोफाइनान्स उपसमूह १६ अङ्कले बढ्यो। घट्नेमा बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, र जलविद्युत उपसमूह रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।