काठमाडाै- थाइल्याण्ड निवास थाई नेपाली संघका पूर्व अध्यक्ष एवं संरक्षक कुमार कार्कीले नेपालको मकवानपुरमा रहेको आमा घरलाई २ लाख रुपैया आर्थिक सहयोग गरेका छन् । आफ्नो जन्मभूमि नेपाल नभएपछि पितृ भूमि भएको भन्दै कार्कीले आमाघरलाई आर्थिक सहयोग गरेका हुन् ।
बहुप्रतिभाका धनि,समाजसेवी,व्यवसायी एवम् एनआरएनमा पिएओ (पिपुल अफ नेपाली ओरिजिन) अभियानमा लामो समयदेखि सक्रिय कार्कीले यसअघि २०७२ सालको भूकम्पमा मेलम्चीको माझी गाउँमा नमूना बस्ति बनाउने अनि विभिन्न स्थानमा सहयोग गरेका थिए ।
कार्कीले आमा घर सेवा आश्रम,मनहरीको सेवा विस्तारका लागि दुई लाख रुपैया सहयोग गरेका हुन् । नेपालको मकवानपुर मनहरीस्थित जेष्ठ नागरिक आश्रमको रुपमा आमाहरुका लागि केही रातह होस् भनेर सहयोग गरेको उनले बताए ।
जाडोको समय भएको र आमा घरमा बस्ने जेष्ठ नागरिक महिलाहरुलाई न्याय तथा सुरक्षित बास बनोस् भनेर सहयोग गरेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।