काठमाडौं– अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका मुख्य २ नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु गाउँपालिका–४ घर भइ काठमाडौंको लाजिम्पाट बस्दै आएका २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाडौं–१४ घर भएका २७ वर्षकै सुरज खड्का छन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। यसअघि प्रहरीले यही गिरोहका ५ सदस्यलाई पक्राउ गरेको थियो। पक्राउ परेका सबैलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।