काठमाडौं– काठमाडौंको तीनकुनेमा ‘द लण्डन कलेज’ सञ्चालनमा आएको छ। १ दशकभन्दा लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय आईएसएमटी ग्रुप अफ कलेजले तीनकुनेमा ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको हो।
युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य मुख्य शहरहरुमा कलेजहरु सञ्चालन गर्दै आएको यो समूह ले युकेकै अर्को बहुचर्चित विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ बाट सम्बन्धन लिएर ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको हो।
काठमाडौंको तीनकुनेमा अवस्थित द लण्डन कलेजले बीएससी अनर्स कम्पयुटर साइन्समा ‘जनवरी इन्टेक’को लागि भर्ना सुरु गरेको छ। बीएससी अनर्स कम्प्युटर साइन्समा अहिलेको नेपाली बजारको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने कलेजको दाबी छ।
द लण्डन कलेजको पठनशैली नवीनतम प्रविधिबाट सिर्जनात्मक किसिमले हुने पनि कलेजले दाबी गरेको छ। बजारमा के कस्तो सीप भएको जनशक्तिको माग भइरहेको छ भन्ने अध्ययन गरेर यसको पाठ्यक्रम तयार गरिएको दाबी गरिएको छ। विद्यार्थीको ‘वेल विइङ र वेल फिलिङ’ मा विशेष ध्यान दिइने पनि कलेजले जनाएको छ।
अध्यययनका क्रममा दिइने ज्ञान, सीप बाहेक श्रमबजारमा जाँदा चाहिने अन्य आवश्यक सबै सीप सहितको दक्ष जनशक्ति उत्पादन हुने र त्यसका लागि विभिन्न उद्योगहरुसँगको सहकार्य हुने कलेजको दाबी छ।
कलेजले विद्यार्थीका लागि विशेष छात्रवृत्ति सुविधा रहेको पनि बताएको छ। कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका, निम्न मध्यम वर्गका उत्कृष्ट विद्यार्थी, कुनै विशेष क्षेत्रमा उत्कृष्ट प्रस्तुती दिइरहेका विद्यार्थी, राष्ट्रलाई विभिन्न रुपमा योगदान गरिरहेका (खेलाडी, एथलेट) लगायत विभिन्न क्षेत्रलाई समेटेर विशेष छात्रवृत्ति प्रदान गरिने कलेजले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।