• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

महानगरमा सुर्तीजन्य वस्तु बिक्री-वितरणमा रोकः कसरी हुन्छ नियमन?

64x64
नेपाल लाइभ शनिबार, मंसिर १६, २०८०  ०७:३०
1140x725

काठमाडौं– काठमाडौं महानगरले मंगलबार एक सूचना जारी गर्दै महानगरभित्र सुर्तीजन्य वस्तु आयात, बिक्री तथा प्रयोगमा रोक लगाउन निर्देशन गरेको छ। उक्त निर्देशनअनुसार मंसिर २७ गतेबाट सुर्तीजन्य वस्तु आयात तथा विक्री वितरण गर्न नपाइने भएको छ। 

काठमाडौं महानगर प्रहरी बरिष्ठ उपरिक्षक राजुनाथ पाण्डेले सूर्तीजन्य पदार्थको आयातकर्ता तथा होलसेलरलाई बोलाएर आयात नगर्न निर्देशन समेत दिइएको बताए। व्यापारीहरुले पनि उक्त निर्णयलाई सकारात्मक निर्णय मानेर सुर्तीजन्य वस्तुमा रोक लगाउन महानगरलाई सहयोग गर्न तयारी भएको पाण्डे बताउँछन्।

'हामीले होलसेलर तथा आयातकर्तालाई बोलाएर काठमाडौं महानगरभित्र सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने भएका छौँ,’ उनले भने,  ‘आफूसँग भएको स्टक सकाउन १५ दिनको समयावधि व्यापारीलाई दिइएको छ। २७ गतेभन्दा उता बिक्री गर्न पाइने छैन।’

२७ गतेबाट महानगरभित्र खटिएका महानगर प्रहरीले पसल-पसलमा गएर अनुगमन गर्ने र कसैले बिक्री गरेको पाइएमा सामान जफत गरी कारबाही समेत गरिने बताए। 

चुरोट बिक्री तर सार्वजनिक स्थलबाट २ सय मिटर टाढा 
महानगर भित्रै चुरोट भने बिक्री गर्न पाइने पाण्डेले बताए। कुनैपनि व्यापारीले कानुनी रुपमा चुरोट बिक्री गर्न पाउने उनको भनाइ छ। ‘सार्वजनिक स्थल  मठमन्दिर, पार्टीपौवा, विद्यालय,  स्वास्थ्य संस्था, बाल तथा वृद्ध आश्रम, पसल, पार्क लगायतका क्षेत्रबाट २ सय मिटर टाढा रहेको पसलले मात्रै बिक्री गर्न पाउँछ। तर, उसले कानुनी रुपमा बिक्री गर्न पर्ने छ,’  उनले भने। प्याकेट मात्रै बिक्री गर्न पाइने तर खिल्ली निकालेर बिक्री गर्न निर्देशन दिइएको उनको भनाइ छ।

सूर्तीजन्य पदार्थ नियमन ऐन अनुसार १८ वर्षभन्दा मुनिका बालबालिका र गर्भवती महिलालाई बिक्री गर्न पाइने छैन। व्यापारीले पसलमा सजावटका रुपमा राख्न नपाउने व्यवस्था रहेको छ। फुटपाथमा समेत बिक्री गर्न नपाइने व्यवस्था रहेको पाण्डे बताउँछन्।

कुन–कुन सार्वजनिक स्थान?
सुर्तीजन्य पदार्थ नियमन ऐन २०६८ अनुसार यी स्थानलाई सार्वजनिक स्थान मानिएको छ। सरकारी कार्यलय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बालआश्रम, वृद्ध आश्रम, सार्वजनिक सौचालय, अनाथ आश्रम बाल उद्यान, उद्योग तथा कलकार खानाका कार्यस्थल, चलचित्र घर, नाट्यशाल, सांस्कृतिक केन्द्, होटल,मोटल, रिसोर्ट,रेस्टुरेन्ट, बार चमेनागृह, भोजनालय, छात्रावास,  कभर्डहल, लज, अतिथी गृह, पुल हाउस, रंगशाला, शारिरीक सुगठन व्यायाम केन्द्र, धर्मशाला, बसपार्क, टिकट काउन्टर, एयरपोर्ट आदि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था ऐनमा रहेको छ।

तर व्यवस्थापकले कारागार, विमानस्थल वा पर्यटकीय स्तरको होटलको कुनै खास ठाउँमा अन्य व्यक्तिलाई प्रतिकुल असर नपर्ने गरी सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यवस्था भने गर्न पाइने छ।

Ncell 2
Ncell 2

तर सुर्तीजन्य पदार्थ सेवनको लागि स्थान छुट्याएपछि आफूसँग सम्बन्धित स्थलको अन्य स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउने व्यहोराको सूचना टास्नु पर्ने व्यवस्था छ। तर कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी सुर्तीजन्य पदार्थ सेवन गर्न नपाईने व्यवस्था छ। यस्ता क्षेत्रहरूमा कसैले कानुनको उल्लङ्घन गरेको पाइएमा काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०५० को दफा ५३ (२) अनुसार २५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

किन रोक लगाइयो?
महानगरबासीलाई नसर्ने खालका रोगबाट बचाउन यो निर्णय गरिएको  काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ का प्रेस संयोजक सुरेन्द्र बजगाईँले बताए। 

‘स्वास्थ्यमा हानी पुर्‍याउने कारणमध्ये सूर्तीजन्य बस्तुको प्रयोग प्रमुखमध्येमा पर्छ। यसको प्रयोग निषेधबाट स्वस्थ सहर र उर्जाशील जीवनशैलीका कार्यक्रम सञ्चालन गर्नेछौँ,’  बजगाईंले भने। उनले स्वस्थ्य सहर निर्माण अभियानको पहिलो चरणमा सूर्तीजन्य पदार्थको प्रयोग, भण्डारण र विक्रीमा प्रतिबन्ध लगाइएको उल्लेख गरे।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ४ ले यस्ता स्थानमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ विक्री गर्न र प्रयोग गर्न निषेध गरेको छ। 

यस्तै काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ ले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र विक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई विक्री वितरण गराउन नपाउने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य, मदिराजन्य र जङकफुड विक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था रहेको छ। 

यो कानुनी व्यवस्था कार्यान्वयन गर्नु हरेक कानुनी तथा प्राकृतिक व्यक्तिको दायित्व हो। तर, जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने यस्ता पदार्थको विक्री र प्रयोगमा व्यवसायी तथा उपभोक्ता सचेत नभएको पाइएको छ। यसले जनस्वास्थ्यमा गहिरो आर्थिक समस्या निम्त्याएको बजगाईँको भनाई छ। 

‘यो जोखिमबाट व्यक्तिलाई बचाउन हामी सूर्तीजन्य पदार्थको विक्री तथा प्रयोगमा पूर्ण रोक लगाउँछौँ । यो व्यवस्थाको उलंघन गरेको पाइएमा काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ५३ (२) अनुसार २५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना गरिनेछ,’  बजगाईंले भने।

यसअघि सरकारले विसं २०६८ मा सुर्तीजन्य पदार्थ नियमन ऐन ल्याएको थियो। उक्त ऐन कार्यान्वायन ल्याउन खोजे पनि कार्यान्वायन हुन सकेको थिएन। तर महानगरले भने सुर्तीजन्य पदार्थ विक्री तथा प्रयोगमा रोक लगाउन नीति कार्यान्वायनमा ल्याउने बजगाईँ दाबी गर्छन्।

हृदय रोग, स्ट्रोक, क्यान्सर, मधुमेह, पुरानो श्वासप्रश्वासका समस्या जस्ता गैरसंक्रामक दीर्घकालीन रोग अहिले मानव मृत्युका मुख्य कारण हुन्। सहरहरूमा बसोबास गर्ने मानिसहरू यस्ता नसर्ने रोगबाट आफूलाई बचाउन कमजोर हुँदै गएको पाइएको छ। आहारविहार, आचारविचार, परिवर्तित जीवनशैलीले यो अवस्था ल्याएको हो। 

धुम्रपान प्रयोग नगर्ने व्यक्ति पनि यसको असरबाट बच्न सक्दैनन्। त्यसैले यो सार्वजनिक सरोकारको विषय हो। व्यक्ति मात्र होइन, माटोको सम्पर्कमा सूर्तिजन्य बस्तु मिसिँदा पर्यावरणलाई समेत प्रदुषित  बन्ने अध्ययनले देखाएको छ।

धूम्रपान प्रयोगकर्ताहरु प्रयोग नगर्ने व्यक्तिका तुलनामा १३ देखि २० बर्ष अगाडि नै मृत्युवरण गर्ने चिकित्सहरुको भनाइ छ। चुरोटमा ७२ किसिमका रसायन हुन्छन्। यसमा भएका कार्सिनोजेनिक रसायनले क्यान्सर बनाउँछ। यस्ता रसायनयुक्त पदार्थको प्रयोगकर्ताबाट छोडिएको धुँवा तथा फोहोरले स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पारेको छ। यस असरबाट सिर्जित समस्याबाट मानिसहरुले मृत्युवरण गरिरहेका हुन्। त्यसैले सुर्तीजन्य वस्तु प्रयोगमा रोक लगाउन आवश्यक रहेको विज्ञहरुको सुझाव छ।

नेपालमा करिब ५० लाख वढी व्यक्तिले धुम्रपान गर्ने गरेको अध्ययनले देखाएका छन्। अहिलेको अवस्थालाई नियन्त्रण नगर्ने हो भने अबको २७ बर्षपछि अर्थात सन २०५० सम्ममा हरेक बर्ष करिब ५२ हजार नेपालीको मृत्यु सूर्तीजन्य बस्तुको प्रयोगका कारण हुनेछ। युवा पुस्ताहरुमा बढ्दै गएको हुक्काको लतले जनस्वास्थ्यमा गम्भीर संकट ल्याउँदै गरेको विज्ञहरुको भनाई छ।

धूम्रपानले गर्ने यस्ता नोक्सानी प्रमाणित भएपछि सन् १९८७ बाट विश्वव्यापी रुपमा नियन्त्रण प्रयास थालिएको थियो। अहिले पनि यो अभियान विश्वव्यापी रुपमा नै चलिरहेको छ। 

महानगरको देखेको लाभ
सुर्तीजन्य पदार्थको विक्रीबाट भन्दा स्वच्छ वातावरणको निर्माणबाट व्यक्ति, वातावरण र समाजलाई धेरै फाइदा हुनेछ। सुर्तीजन्य पदार्थ रोक लगाउँदा सबै फाइदै फाइदा रहेको उनको भनाई छ। गर्भमा रहेका शिशु स्वस्थ्य रूपमा जन्मिन पाउनेछन्। 

जन्मिएका शिशु स्वस्थ्य वातावरणमा हुर्कन पाउनेछन। युवा र प्रौढहरु नसर्ने गम्भीर र कडा खालका रोगबाट बच्नेछन्। ज्येष्ठ नागरिकका दिन सहज हुनेछन। समग्रमा हरेक प्राणीले स्वच्छ वातावरणमा सास फेर्न पाउनेछन्,’ उनले भने। 

सुर्तीजन्य पदार्थको प्रयोगले गर्न यो हानीबाट जीवन बचाउने र स्वस्थ सहर निर्माण गर्ने विषयमा महनगर गम्भीर रहेको उनी बताउँछन्। यसबाट जीवन र वातावरणलाई बचाउने प्रयासको पहिलो चरणमा शिक्षण संस्था, विमान स्थल, बालकल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरू, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरू लगायतका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको विक्री र प्रयोगलाई पूर्ण निषेध गरिने उनको दाबी छ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा
प्रदर्शनका कारण इरानमा उडान प्रभावित, राजधानीका कयौं क्षेत्रमा आगलागी
जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
प्रदर्शनका कारण इरानमा उडान प्रभावित, राजधानीका कयौं क्षेत्रमा आगलागी शुक्रबार, पुस २५, २०८२
जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्