कास्की– पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ।
तिहारमा देउसी खेलेर सङ्कलन भएको ५५ हजार ५५५ रुपैयाँ भूकम्प प्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उनले बताए।
क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ। हाल क्लबमा १२ जना बालकलाई आश्रय पाएका छन्। एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ।
क्लबले बर्सेनि पोखरामा अन्तर्राष्ट्रि स्तरको अन्तरक्लब फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।