काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको प्रदर्शनमा प्रहरीमाथि आक्रमण गर्ने पाँच जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पाँच जनालाई पक्राउ गरेको हो।
उनीहरुलाई पक्राउ गर्नुको कारणबारे प्रहरीमाथि आक्रमण गरिएको आरोप लगाइएको छ। शान्तपूर्ण रुपमा भइरहेको प्रदर्शनमा उनीहरुले एक्कासी प्रहरीमाथि आक्रमण गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीमाथि आक्रमण गर्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रसाईंको अगुवाईमा बिहीबार भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।
नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन्। आज शुक्रबार समेत प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन्।
यद्यपि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने प्रसाईंलाई प्रदर्शनका लागि अनुमति नदिइएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।