काठमाडौं– सन् १९५०–५३ को कोरियाली युद्धमा मारिएका २५ चिनियाँ सैनिकको शव बुधवार दक्षिण कोरियाबाट चीन फिर्ता पठाइएको छ।
राजधानी सियोलको पश्चिममा रहेको इन्चेनमा २५ वटा शवलाई कफिनमा राख्ने कार्यक्रम आयोजना गरिएको थियो। भेटेरान्स मामिलाका उपमन्त्री चाङ झेङगुओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल, दक्षिण कोरियास्थित चिनियाँ दूतावासका अधिकारीहरू, चिनियाँ विद्यार्थी र दक्षिण कोरियामा रहेका चिनियाँ कम्पनीका प्रतिनिधिहरूका साथै दक्षिण कोरियाली रक्षा मन्त्रालयका अधिकारीहरू, उत्खनन र पहिचानका कर्मचारीहरू सहभागी थिए।
चिनियाँ जन स्वयंसेवक (सीपीभी)का शहीदहरूको अवशेषको लागि अस्थायी बस्तीमा फूलको टोकरी राखिएको थियो। चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्यहरूले सीपीभी शहीदरूप्रति ३ पटक पुष्पचुच्छा अर्पण गरेका थिए। चिनियाँ पक्षको स्मारक सेवापछि दक्षिण कोरियाली पक्षले शवलाई कफिनमा राखेको थियो।
सन् २०१४ देखि कोरियाले आफ्नो भूमिमा रहेका ९१३ सीपीभी शहीदहरूको अवशेष चीनलाई हस्तान्तरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।