काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको कार्यक्रमलाई शान्तिपूर्ण बनाउन माग गरेको छ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै दुवै समूहलाई आफ्ना कार्यक्रम र प्रदर्शन शान्तिपूर्ण बनाउन र सरकारका तर्फबाट पनि सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्न माग गरिएको छ।
बिहीबार कार्यक्रम हुने भए पनि मंगलबारदेखि नै सामान्य विवादका घटनाहरु आइरहेका छन्। मंगलबार साँझ नै प्रसाईंको कार्यक्रममा सहभागिताका लागि काठमाडौं आएका महिलामाथि एमालेको युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्।
त्यसपछि दुवै समूह उग्र रुपमा देखिएकाले आयोगले पनि संयम्ता अपनाउन अनुरोध गरेको हो। आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान, प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र संयमित हुन आयोगले आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।