काठमाडौं- अत्यावश्यक बाहेकका सवारी साधन भोलि मंसिर ७ गते काठमाडौं उपत्यकामा नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक सूचना जारी गर्दै यस्तो अपिल गरेको हो।
‘मंसिर ७ गते विभिन्न समूहले र्याली, जुलुस गर्ने भएकाले सवारी आवागमनमा असहज हुने हुँदा अत्यावश्यक काममा मात्रै सवारी लिएर निस्कन’ भन्दै ट्राफिकले अनुरोध गरेको छ।
त्यसैगरी सवारी साधन लिएर घरबाट निस्कनुपूर्व ट्राफिक अवस्थाबारे जानकारी लिनका लागि ट्राफिक प्रहरीलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।
मंसिर ७ गते दुर्गा प्रसाईं र एमालेले काठमाडौं उपत्यकामा विभिन्न जुलुसका कार्यक्रम राखेकाले सवारी आवगमनमा अवरोध हुने भएकाले ट्राफिकले यस्तो अपिल गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।