काठमाडौं– चितवनमा बोरा भित्र प्याक गरेर फ्याँकिएको अवस्थामा एक महिला र पुरुषको शव भेटिएको छ। भरतपुर महानगरपालिका–९ मिलनचोकको कल्भर्टमा बोरा भित्र महिला र पुरुषको शव भेटिएको हो।
अन्दाजी २८/३० वर्षका महिला र पुरुषको शव भेटिएकोले अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी विजयराज पण्डितले जानकारी दिए।
प्रहरीका अनुसार भेटिएको दुवै शवको हातखुट्टा बाँधिएको छ भने मुखमा समेत टेप लगाइएको छ।
खोलामा माछा मार्न गएका व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ। शव कसको हो भन्ने पहिचान भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।