काठमाडौं- उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सोमबार बिहान छठ पर्व सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान विभिन्न जलासयहरुमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण सम्पन्न भएको हो।
तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ।
यही क्रममा काठमाडौंको गौरीघाटस्थित बागमती नदीमा पनि ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठलाई बिदाइ गरेका छन्।
छठ पर्व सम्पन्न गर्ने क्रममा उदाउँदो सूर्यलाई अर्घ्य दिन गौरीघाटमा ब्रतालु भक्तजनहरुको घुइँचो लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।