काठमाडौं– ‘सर्ट–फर्म भिडियो’ होस्टिङ सञ्जाल टिकटकमा लाइभ बसेर पटाकाको मार्केटिङ गरेको थाहा पाएपछि कास्की प्रहरीले कारबाही चलाएको छ। कारबाहीको क्रममा ठूलो मात्रामा पटाकाहरु बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका क्षेत्रका विभिन्न ठाउँबाट ठूलो मात्रामा पटाका तथा लंगुरबुर्जाहरु बरामद गरेको हो। बरामद गरिएका पटाकाहरुको अवैध मूल्य २ लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
पटाका, अतिसबाजी, कोब्रा, खुर्सानी बम, रकेट बम, चकलेट बम, आलु बम, बुलेट बम, सोली बम जस्ता पटाकाहरु बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी झिरझरे, एटम बम, डबल बम, गमला बम, चक्र बमजस्ता पटाकाहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद पटाकाहरु प्रहरीले सार्वजनिक गरेको छ।
त्यसैगरी अवैध मानिएको लंगुरबुर्जा तथा खोरखोरे पनि प्रहरीले बरामद गरेको छ। लंगुरबुर्जाका ३५० वटा गोटी, लंगुरबुर्जा खेलाउने बाल्टी, जग, म्याट पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।