प्रतिकात्मक तस्बिर काठमाडौं– काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित सडक पेटीमा एक व्यक्ति मृत भेटिएका छन्। मृत भेटिनेमा रौतहट चन्द्रपुर नगरपालिका–२ वेताउना घर भएका ३५ वर्षीय नारायण राम छन्।
त्यसैगरी बर्दियाको बाँसगढी नगरपालिका–२ रामनगर टोल बस्ने ४१ वर्षीय रामभागीरथ थारू बर्दियाको बाँसगढी–२ रामनगरस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
जंगली जनावरको लागि थापेको विद्युतीय धरापमा परी करेन्ट लागि मृत्यु भएको भन्ने बुझिएको प्रहरीले जनाएको छ। प्रहरीले सोधपुछको लागि सोही ठाउँ बस्ने १ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।