काठमाडौं- भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका जहाजको इन्धन नेपाल आयल निगमले व्यहोर्ने भएको छ।
निगमले शनिबार एक विज्ञप्तीमार्फत् उक्त कुरा स्पष्ट पारेको हो।
‘यस विपदको घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एअरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको रकम नेपाल आयल निगमले आफ्नो आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ,’ निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।