काठमाडौं– जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी अहिलेसम्म १४३ जनाको मृत्यु भएको छ।
जाजरकोटका १०५ जना र रुकुम पश्चिमका ३८ गरी १४३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये सात जनालाई काठमाडौं ल्याइएको छ। उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।