काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले भूकम्पले क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिममा सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्।
शुक्रबार राति जाजरकोट केन्द्रविबन्दु भएर गएको भूकम्पमा अहिलेसम्म १३२ जनाको निधन भइसकेको छ।
सोही विषयलाई लिएर राजदूत थम्पसनले शनिबार बिहान समाजिक सन्जाल एक्समा उक्त प्रतिबद्धता जाहेर गरेका हुन्।
‘नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी आफन्त गुमाएका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। यो त्रासादीपूर्ण भूकम्पबाट पुगेको क्षेतीबाट मुक्त गर्न अमेरिका नेपाललाई सहयोग गर्न तयारी अवस्थामा छ,’ थम्पसनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।